IME Life
NIMB

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

NIMB
Himalayan Bank

 

 

काठमाण्डौ- २८ जेठ २०८२- नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।

 

टुनल्याण्ड G7 ले नेपालका सबै भन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गर्‍यो।यो यात्रा दार्चुलाको हिकिला (१,९६७मिटर), पर्वतको फलामे (२,३२५मिटर), इलामको सन्दकपुर (३,६३६मिटर), कर्णालीको जुम्ला(२,५१४मिटर), मनाङको खाङसार (३,७५६मिटर), ढोरपाटन (३,९००मिटर), माथिल्लोमुस्ताङको कोरोला सीमा (४,६६०मिटर) रसंखुवासभाको गुफापोखरी (२,८९०मिटर) लगायतका उच्चभूभागर दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो।यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्चीबाटाहरू रहेका थिए।

टुनल्याण्ड G7 ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्‍यो र तिनीहरूको पूर्णक्षमता अनुभव गर्ने अहिलेसम्म कै उत्कृष्ट ४x४ अफ-रोडपिक अप बन्न सफल भयो।

 

यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। R18 टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्‍यो।

२२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो।

 

बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड G7 भित्रचाहिँ विलासी र आरामदायी छ।
यसमा प्यानोरामिक सनरुफ, तातो/चिसो हुने १२-तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।

 

२३ दिने यो यात्रा टुनल्याण्ड G7 को एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्‍यो। नेपाली ग्राहकहरूसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड G7 ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गर्‍यो।

 

यो यात्राले टुनल्याण्ड G7 केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखायो। यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेहरूका लागि बनाइएकोपावर मेशिनहो।

 

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...