राससबाट तामाङ भाषामा समाचार प्रकाशन सेवा सुरु गर्न तामाङ पत्रकार संघको माग

Wednesday Jun 11, 2025
वि.सं.२०८२ जेठ २८ बुधवार १८:०८

काठमाडौं । तामाङ पत्रकार संघले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस)बाट तामाङ भाषमा समेत सामाचार प्रकाशन सेवा सुरु गर्न माग गरेको छ ।
संघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । सिंहदरबार स्थीत मन्त्रालयमा पुगेर संघले ज्ञापन पत्र बुझाएको हो ।
संघले शिक्षा र सञ्चार क्षेत्रमा तामाङ भाषाको प्रयोग कम हुँदै गएको भन्दै राससले तामाङ भाषामा पनि समाचार प्रकाशन तथा प्रसारण सेवा दिनुपर्ने भन्ने माग गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्नुपर्ने माग पुरा हुन केही समय लागे पनि माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल तामाङ भाषामा मासिक पत्रिका तामाङ डाजाङ नियमित प्रकाशित हुँदै आएको छ । नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रमा तामाङ भाषाका समाचार प्रसारण र प्रकाशन हुँदै आएको छ ।
ज्ञापनपत्र बुझाउन संघका तर्फबाट अध्यक्ष नेत्र तामाङ, उपाध्यक्ष साहिला तामाङ, डोल्मा मनाङथेन, सचिव मिक्साङ वाइबा, जीबी लामा, सदस्य सन्तोष योञ्जन तथा फोनिज कोषाध्यक्ष अर्जुनबहादुर तामाङ र खुल्ला केन्द्रीय सदस्य अमिर लामालगायत सहभागी थिए ।