Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । प्रतियोगिताकम कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौलसमूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ । चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पाउने छन् ।

असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोश्रो दिन प्रिजजिङ र फाइनल खेल हुने छ । पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ । आगामी संस्करणमा महिलाको पनि प्रतिस्पर्धा गराउने आयोजक वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले ओभरअल विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरेका थिए ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...