CG Electronics
IME Life
NIMB

महानगरको १८ नं वडाले थाल्यो सिप मेला : ७ विधाका तालिम एकै ठाउँमा

NIMB
Himalayan Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा सिप मेला सुरु गरेको छ । मेलामा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ ।

वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका क्षेत्र तालिममा समावेश छन् ।

उनले ४ दिन सम्म चल्ने आधारभूत प्रशिक्षणले उद्यम गर्न चाहने स्थानीयबासीमा स्वरोजगार बन्न, दैनिक जीवनयापनका लागि गर्नु पर्ने खर्च घटाउन र रोजगारीका क्षेत्रमा जान सहयोग गर्ने अपेक्षा लिइएको बताए ।

प्रशिक्षणमा विपद व्यवस्थापन क्षेत्रमा खोज उद्धार, एक वडा एक नमूना उद्यम कार्यक्रम क्षेत्रमा लाखामरी बनाउने तालिम हुनेछ । आयसँग र आफूले गर्नु पर्ने खर्च घटाउने क्षेत्रमा सेल्फ मेक अप तालिम राखिएको छ । यसमा प्रशिक्षण लिनेले व्यवसाय गरेनन् भने पनि आफूले पार्लरमा गर्नुपर्ने खर्च घटाउन सकिन्छ ।

प्रशिक्षणमा डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, वेकरी बनाउने तालिम चल्नेछ । तालिम हरेक दिन बिहान ११ बजे सुरु भएर अपरान्ह ३ बजे सकिनेछ । हरेक विधामा २५ जनासम्म प्रशिक्षार्थी राखिएको छ । यसरी करिब १५० जना प्रशिक्षित हुने अपेक्षा गरिएको छ ।

वडाले यस अघि तालिम दिएका योग्य जनशक्तिलाई प्रशिक्षक रुपमा विकास गरिएको छ । यसअन्तर्गत साबुन बनाउने र जुत्ता बनाउने तालिमका प्रशिक्षक वडाबाट प्रशिक्षण पाएका व्यक्ति छन् । लाखामरी बनाउन परम्परागत सिप भएका प्रशिक्षक चयन गरिएको छ । अन्य प्रशिक्षणका लागि प्रशिक्षण केन्द्रहरुसँग सहकार्य गरिएको छ ।

 

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...