Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमा विल्कुलै फरकपनको होटल ‘मक्सी’को तयारीमा छौं : शशीकान्त अग्रवाल

 

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल संचालनमा ल्याएको एमएस ग्रुपले अर्को पृथक र नौलो होटलको तयारीमा जुटेको छ । विश्वव्यापी होटल चेन ब्रान्ड ‘म्यारियट’का नाममा विदेशी पर्यटक र युवाहरु लक्षित होटलको तयारीमा जुटेको हो ।

एमएस ग्रुपका अध्यक्ष एवम होटलका सञ्चालक शशीकान्त अग्रवालका अनुसार म्यारियट कै चेन ब्राण्डका रुपमा नयाँ ‘मक्सी’ होटल संचालनको तयारी गरिएको हो ।

१ अर्ब ६० करोडको लगानीमा कमलादीमा होटल निर्माण सुरु गरिएको र विदेशी ‘व्याक प्याकर्स’पर्यटक र युवाहरु लक्षित गर्दै नौलोपन दिने हिसाबले नयाँ होटलको तयारीमा जुटेको उनले बताए ।

‘यो म्यारियटकै ब्राण्ड हो । यसको नाम ‘मक्सी’ हो । होटल युवा वर्गको लागि लक्षित गरेर, म्युजिक र गेमहरु समावेश गरिनेछ । युवा लक्षित नेपालमा कुनै पनि त्यस्तो होटल नभएकाले नयाँ अवधारणाका साथ होटलको तयारीमा जुटेका हौं,’ उनले भने, ‘यो होटल पूर्ण रुपमा युवा लक्षित हो ।

अर्को कुरा भनेको नेपाल विदेशी पर्यटकमा आधारित मुलुक भएकाले विभिन्न उमेर, रहर र शौखका मान्छेहरु आउँछन् । उनीहरुको लागि एउटा ब्राण्ड खोल्ने अवधारणका रुपमा म्यारियटले १० बर्षदेखि नै सोच बनाएको हो । नौलोपन दिन खोजेका हौं ।’

म्युजिकल इभेन्टहरुसहित विभिन्न रोमान्चक गतिविधि समावेश गर्नेगरी मक्सी होटल संचालनमा ल्याइने उनले बताए ।

यस्तै, उनले नेपालमा ५० लाख पर्यटकको लागि सरसाधन, होटल, कोठाहरु भएपनि होटलमा बस्नेगरी बार्षिक आठ लाखजति मात्र पर्यटक आउने गरेको बताए ।

उनले भने, ‘नेपालमा होटलको संख्या धेरै छ । धेरै पर्यटक आउने आशमा होटलमा ठूलो लगानी भइरहेको छ । तर जति पर्यटक भित्र्याइनुपर्ने हो, त्यो भित्राउन सकिएका छैनौं । नेपालमा कम्तीमा पनि ५० लाख पर्यटकको लागि सरसाधन, होटल, कोठा छन् । तर खास होटलमा बस्ने पर्यटक सातआठ लाखभन्दा बढि छैन् ।

वर्षमा ११–१२ लाख पर्यटक आउने गरेको देखाइन्छ । सातआठ लाख पर्यटकले यति धेरै होटललाई धान्न सक्दैन् । काठमाडौंमा रहेका चारपाँच वटा तारे होटलहरु छन् तिनीहरुको अवस्था एकदमै डरलाग्दो छ ।’

मार्केटिङ् र प्रचारप्रसारको कमीले नेपालमा पर्यटक नआउनुको प्रमुख कारण भएको उनले बताए । ‘नेपालले पर्यटन क्षेत्रमा आफूलाई मार्केटिङ् गर्ने हो भने ५० लाख पर्यटकहरु नेपालको लागि धेरै ठूलो संख्या होइन्,’ उनले भने ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने काम पर्यटन बोर्डको भएता पनि खासै प्रभावकारी तरिकाले काम नगरको उनको गुनासो छ ।
पर्यटकहरुबाट उठाउने पैसा सबै प्रचार प्रसारमा लगाउने हो भने नेपालको पर्यटनलाई विकास गर्न समस्या नहुने उनले बताए ।

नेपालमा जनशक्तिको पनि ठूलो चुनौति रहेकाले जनशक्ति पलायन समस्याका रुपमा रहेको उनले औंल्याए । नेपालका होटल क्षेत्रमा काम गरेका दक्ष जनशक्ति विदेश पलायन भइरहेको उनले बताए ।

उनले सरकारले पर्यटनलाई उद्योग सरहको मान्यता दिएका कारण यसबाट धेरैले रोजगारीहरु प्राप्त गर्न सक्ने भन्दै नेपालमा सांस्कृतिक र धार्मिक क्षेत्रलाई विजनेश पर्यटकीय क्षेत्र बनाउन सक्ने धेरै ठूलो नै सम्भावना रहेको पनि बताए ।

काठमाडौं उत्रिएका पर्यटकहरुलाई वाहिर जानका लागि भाडा महंगो हुने गरेको, सडक यात्राबाट समय धेरै लाग्ने साथै पूर्वाधार विकासमा देखिएको सुस्तताले होटलमा लगानी पर्याप्त हुन नसकेको उनले बताए ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...