CG Electronics
IME Life
NIMB

नेपालमा विल्कुलै फरकपनको होटल ‘मक्सी’को तयारीमा छौं : शशीकान्त अग्रवाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल संचालनमा ल्याएको एमएस ग्रुपले अर्को पृथक र नौलो होटलको तयारीमा जुटेको छ । विश्वव्यापी होटल चेन ब्रान्ड ‘म्यारियट’का नाममा विदेशी पर्यटक र युवाहरु लक्षित होटलको तयारीमा जुटेको हो ।

एमएस ग्रुपका अध्यक्ष एवम होटलका सञ्चालक शशीकान्त अग्रवालका अनुसार म्यारियट कै चेन ब्राण्डका रुपमा नयाँ ‘मक्सी’ होटल संचालनको तयारी गरिएको हो ।

१ अर्ब ६० करोडको लगानीमा कमलादीमा होटल निर्माण सुरु गरिएको र विदेशी ‘व्याक प्याकर्स’पर्यटक र युवाहरु लक्षित गर्दै नौलोपन दिने हिसाबले नयाँ होटलको तयारीमा जुटेको उनले बताए ।

‘यो म्यारियटकै ब्राण्ड हो । यसको नाम ‘मक्सी’ हो । होटल युवा वर्गको लागि लक्षित गरेर, म्युजिक र गेमहरु समावेश गरिनेछ । युवा लक्षित नेपालमा कुनै पनि त्यस्तो होटल नभएकाले नयाँ अवधारणाका साथ होटलको तयारीमा जुटेका हौं,’ उनले भने, ‘यो होटल पूर्ण रुपमा युवा लक्षित हो ।

अर्को कुरा भनेको नेपाल विदेशी पर्यटकमा आधारित मुलुक भएकाले विभिन्न उमेर, रहर र शौखका मान्छेहरु आउँछन् । उनीहरुको लागि एउटा ब्राण्ड खोल्ने अवधारणका रुपमा म्यारियटले १० बर्षदेखि नै सोच बनाएको हो । नौलोपन दिन खोजेका हौं ।’

म्युजिकल इभेन्टहरुसहित विभिन्न रोमान्चक गतिविधि समावेश गर्नेगरी मक्सी होटल संचालनमा ल्याइने उनले बताए ।

यस्तै, उनले नेपालमा ५० लाख पर्यटकको लागि सरसाधन, होटल, कोठाहरु भएपनि होटलमा बस्नेगरी बार्षिक आठ लाखजति मात्र पर्यटक आउने गरेको बताए ।

उनले भने, ‘नेपालमा होटलको संख्या धेरै छ । धेरै पर्यटक आउने आशमा होटलमा ठूलो लगानी भइरहेको छ । तर जति पर्यटक भित्र्याइनुपर्ने हो, त्यो भित्राउन सकिएका छैनौं । नेपालमा कम्तीमा पनि ५० लाख पर्यटकको लागि सरसाधन, होटल, कोठा छन् । तर खास होटलमा बस्ने पर्यटक सातआठ लाखभन्दा बढि छैन् ।

वर्षमा ११–१२ लाख पर्यटक आउने गरेको देखाइन्छ । सातआठ लाख पर्यटकले यति धेरै होटललाई धान्न सक्दैन् । काठमाडौंमा रहेका चारपाँच वटा तारे होटलहरु छन् तिनीहरुको अवस्था एकदमै डरलाग्दो छ ।’

मार्केटिङ् र प्रचारप्रसारको कमीले नेपालमा पर्यटक नआउनुको प्रमुख कारण भएको उनले बताए । ‘नेपालले पर्यटन क्षेत्रमा आफूलाई मार्केटिङ् गर्ने हो भने ५० लाख पर्यटकहरु नेपालको लागि धेरै ठूलो संख्या होइन्,’ उनले भने ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने काम पर्यटन बोर्डको भएता पनि खासै प्रभावकारी तरिकाले काम नगरको उनको गुनासो छ ।
पर्यटकहरुबाट उठाउने पैसा सबै प्रचार प्रसारमा लगाउने हो भने नेपालको पर्यटनलाई विकास गर्न समस्या नहुने उनले बताए ।

नेपालमा जनशक्तिको पनि ठूलो चुनौति रहेकाले जनशक्ति पलायन समस्याका रुपमा रहेको उनले औंल्याए । नेपालका होटल क्षेत्रमा काम गरेका दक्ष जनशक्ति विदेश पलायन भइरहेको उनले बताए ।

उनले सरकारले पर्यटनलाई उद्योग सरहको मान्यता दिएका कारण यसबाट धेरैले रोजगारीहरु प्राप्त गर्न सक्ने भन्दै नेपालमा सांस्कृतिक र धार्मिक क्षेत्रलाई विजनेश पर्यटकीय क्षेत्र बनाउन सक्ने धेरै ठूलो नै सम्भावना रहेको पनि बताए ।

काठमाडौं उत्रिएका पर्यटकहरुलाई वाहिर जानका लागि भाडा महंगो हुने गरेको, सडक यात्राबाट समय धेरै लाग्ने साथै पूर्वाधार विकासमा देखिएको सुस्तताले होटलमा लगानी पर्याप्त हुन नसकेको उनले बताए ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...