CG Electronics
IME Life
Ncell NPL

ग्वार्को फ्लाइओभर संचालनको पूर्वसन्ध्यामा यात्रुहरुले साटे खुशी, दुर्घटनाको चिन्ता जिवितै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभर भोली (बिहीबार)देखि सञ्चालनमा आउँदैछ ।
फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट फ्लाइओभरको उद्घाटन गर्ने तयारी गरिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थवाल(एमएससी वाल) प्रविधिमा आधारित रहेर निर्माण गरिएको जनाए । उनका अनुसार अग्लो टेवा पर्खाल निर्माणका लागि परम्परागत विधिबाट निर्माण हुने टेवा पर्खालको तुलनामा सस्तो पर्ने हुँदा यस्तो नयाँ प्रविधिको प्रयोग गरिएको हो ।

उनले भने,‘फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थ वाल(एमएससी वाल) प्रविधिमा बनेको छ । अग्लो टेवा पर्खाल निर्माणका लागि परम्परागत विधिबाट निर्माण हुने टेवा पर्खालको तुलनामा सस्तो पर्ने हुँदा ग्वार्को फ्लाईओभरको अप्रोच सडकमा यो प्रविधिको को प्रयोग गरिएको छ ।’

त्यस्तै उनले ग्वार्को फ्लाईओभरको अनुमानित लागत ३१ करोड ४६ लाख र निर्माण अवधि दुई वर्ष रहेकामा १७ करोड ७ लाख लागत र करिब तीन बर्ष चार महिना अवधिमा निर्माण सम्पन्न भएको पनि जानकारी गराए । फ्लाईओभर निर्माण पश्चात इमाडोल–पाटनतर्फ ट्राफिक लाइटले व्यवस्थित रुपमा संचालन हुने र उक्त चोकमा ३५ प्रतिशत ट्राफिक व्यवस्थापन कम हुने उनको दाबी छ ।

उनले भने,‘ग्वार्को फ्लाईओभरको अनुमानित लागत ३१ करोड ४६ लाख र निर्माण अवधि दुई वर्ष रहेकामा निर्माण व्यवसायीबाट कबोल भएको रकम १७ करोड ७ लाखमा र अवधि करिब तीन बर्ष चार महिनामा निर्माण सम्पन्न भएको छ । फ्लाईओभर निर्माणपश्चात रिंगरोडमा ट्राफिक निर्वाध रुपमा संचालन हुने र इमाडोल–पाटनतर्फ ट्राफिक लाइटले व्यवस्थित रुपमा संचालन हुनेछ । करिब ३५प्रतिशत ट्राफिक उक्त चोकमा रोकिनुपर्ने छैन ।’

त्यस्तै उनले नेपालमा निर्माण सम्पन्न भइसकेको पहिलो फ्लाईओभर भएको कारण यसलाई नेपालको पहिलो फ्लाईओभर भनेर चिनिएको भन्दै अन्य धेरै फ्लाईओभरहरु निर्माणधिन अवस्थामा रहेको पनि बताए ।

फ्लाईओभर उद्घाटनको पूर्वसन्ध्यामा उक्त सडकमार्ग प्रयोग गरिरहेका यात्रुहरुले हर्ष व्यक्त गरेका छन् । यात्राका क्रममा घन्टौं जाममा फसेको स्मरण गर्दै अब सहज यात्रा गर्न पाउने भन्दै खुशी व्यक्त गरेका हुन् ।

यात्रु ज्योति खड्काले आफूले ग्वार्को सडकको जामले मंगलबजारदेखि इमाडोल पुग्न तीन घण्टासम्म लागेको अनुभव सुनाउँदै फ्लाईओभर निर्माणपश्चात अब त्यस्ते समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

बस स्टेसन चाहीं अलि टाढा राखिने भएका कारण यात्रुहरुलाई हिड्न केही कठिनाइ भएतापनि घण्टौंसम्म जाममा बस्नुभन्दा अहिले हिड्नै सजिलो हुने धारणा राखिन् ।

उनले भनिन्,‘फ्लाईओभर एकदम राम्रो लाग्यो । यसैगरि दिन प्रतिदिन देशको प्रगति हुँदै जाओस् । युवाहरुले देश छाड्न नपरोस । ग्वार्को चोकबाट बस स्टेशन अलिक अलि पर हुन्छ भन्ने सुनेको थिए । यात्रुहरुलाई हिड्न गार्हो हुन्छ भन्ने होला तर नि घन्टौंसम्म जाममा बस्नुभन्दा हिड्नै सजिलो हुन्छ । धुँवा धुलोबाट पनि बँच्न सकिन्छ । म मंगल बजारबाट ५ बजे टेम्पो चढेको ८ बजेसम्म पनि घर नपुगेको अनुभव मसँग छ । अब चाँही त्यो समस्या हुँदैन भन्ने विश्वास लिएको छु ।’ अर्का यात्रु किशलाल महर्जनले ग्वार्को फ्लाईओभर देख्दा राम्रो तरिकाले बनाइएको भएतापनि मोड धेरै भएका कारण दुर्घटनाको जोखिम रहेको बताए ।

उनले भने,‘फ्लाईओभर’राम्रो तरिकाले बनाइएको छ । हेर्दाखेरी एकदमै राम्रो देखिएको छ तर दुर्घटना हुने सम्भावना धेरै नै देखेको छु । मोडहरु अलि धेरै भयो । त्यसैले गर्दा दुर्घटना हुने जोखिम धेरै हुन्छ ।

त्यस्तै हेटौंडा घर भइ ग्वार्को क्षेत्रमा विगत २० वर्षदेखि ट्याक्सी चलाउँदै आएका चालक लालबहादुर गौतम पहिला वारी क्यूमा बस्नुपर्ने पारीबाट ट्रिप पाउने तर क्रस गरेर पारी पुग्नलाई नै २० मिनेटसम्म लाग्ने समस्या भएको सुनाउँदै अब फ्लाईओभर निर्माणपछि दुई मिनेट मात्र लाग्ने बताए ।

उनी भन्छन् ,‘फ्लाईओभर’ बन्दा धेरै सहज भएको छ । जामका कारण २० मिनेट लाग्ने समयमा दुई मिनेटमा नै पुगिन्छ । घन्टौं जाममा बस्नुपर्ने समस्या हल भएको छ ।’ २० वर्षदेखि इमाडोल बस्दै आएकी यात्रु देविका कार्कीले पनि फ्लाईओभर निर्माण भएको देखेर एकदमै खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘पहिला धेरै समस्या थियो । जाममा बस्नुपथ्र्यो अहिले पुल बन्दा सहज भएको छ । ग्वार्कोदेखि कृष्ण मन्दिरसम्मै जाममा पर्ने गथ्र्यौ दुई घण्टा जति । राम्रो कामहरु हुँदै जाओस्,’उनले भनिन्
फ्लाईओभर नेपालमा कहिल्यै नभएको विकासको निर्माण कार्य भएको देख्न पाउँदै आफू हर्षित भएको ६५ वर्षिया यात्रु अम्बिका केसी बताउँछिन् ।

‘भोलि उद्घाटन हुने रे । भीडभाड होला भनेर आजै हेर्न आएको हुँ । एकदम रमाइलो छ । म विहे गरेर इमाडोल आउँदासम्म पनि यस्तो बाटो थिएन । एकदमै गार्हो थियो । राम्रो थिएन । धेरै जाम परेकाले आधा घण्टासम्म ग्वार्को भन्दा उत्ता परसम्म लाइन बस्न पर्दथ्यो । अब अहिले सजिलो हुने भयो । बस स्टेशन टाढा हुनु भएन्, नजिक हुनुपर्छ ।’ त्यस्तै ग्वार्कोमै बस्दै आएकी अर्की यात्रु गुन्जन खत्रीले ग्वार्कोमा साँधुरो बाटो भएका कारण रोड क्रस गर्न समेत अप्ठ्यारो हुने र सवारी दुर्घटनाबाट धेरैको ज्यान गएको स्मरण गरिन् । अब बाटो फराकिलो र राम्रो भएसँगै बाटो काट्न सहज हुने र जामको समस्या हट्ने उनले विश्वास व्ययक्त गरिन् ।

‘यस क्षेत्रमा बसेको लामो समय भयो । पहिला पहिला सडक साँगुरो थियो । धेरै मानिसहरुको दुर्घटनामा ज्यान पनि गयो । तर अहिले धेरै परिवर्तन भयो । जुनसुकै सरकारले निर्माण गरेको भएतापनि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...