Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पाकिस्तान-नेपाल संसदीय मैत्री समूहसँग राजदूत हाश्मीको भेटवार्ता

काठमाडौं। नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच. हाश्मीले आज नेपाल संघीय संसद अन्तर्गत रहेको पाकिस्तान-नेपाल संसदीय मैत्री समूहसँग भेटवार्ता तथा छलफल गर्नुभयो। सो कार्यक्रममा मैत्री समूहका सम्माननीय सांसदहरू, पाकिस्तान दूतावासका कूटनीतिज्ञहरू तथा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

भेटका क्रममा राजदूत हाश्मीले पाकिस्तान र नेपालबीचको पुरानो र सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्दै दुई देशबीचको सांस्कृतिक सम्पदा, आपसी सम्मान र क्षेत्रीय नातालाई स्मरण गर्नुभयो। उहाँले जनस्तरसम्मको सम्बन्धलाई अझ बलियो बनाउने आवश्यकता औंल्याउँदै, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति, जलवायु सहनशीलता, जनस्तरको सम्बन्ध (P2P) र क्षेत्रीय शान्तिको प्रवर्द्धनमा सहकार्य विस्तार गर्ने पाकिस्तानको इच्छालाई दोहोर्याउनुभयो।

राजदूतले पाकिस्तानको आर्थिक अवस्था र क्षेत्रीय परिदृश्यबारे पनि जानकारी दिँदै दक्षिण एशियाको समृद्धि र शान्तिका लागि पाकिस्तानको दृष्टिकोण प्रस्तुत गर्नुभयो। साथै, उहाँले संसदीय कूटनीति तथा संस्थागत सम्बन्ध विकासमा नेपाली संसदको चासोप्रति स्वागत व्यक्त गर्नुभयो।

मैत्री समूहका सांसदहरूले नेपालप्रति पाकिस्तानको निरन्तर सहयोगको कदर गर्दै द्विपक्षीय सम्बन्धमा कुनै प्रकारको अवरोध नरहेकोमा सन्तुष्टि व्यक्त गरे। उनीहरूले आर्थिक, सांस्कृतिक, युवा, महिला, सीमान्तकृत वर्ग, प्रविधि तथा क्षमता विकासका क्षेत्रमा नयाँ सहकार्यको खोजी गर्न जोड दिए।

दुबै पक्षले दुई देश तथा जनताको हितमा संस्थागत सम्बन्ध सुदृढ गर्दै, खुला संवाद तथा बहुआयामिक सहकार्य विस्तार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:१४

  काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

पाकिस्तानको बौद्ध सम्पदाबारे नेपाली पुस्तक सार्वजनिक

पाकिस्तानको बौद्ध सम्पदाबारे नेपाली पुस्तक सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार २३:३८

काठमाडौं, ९ जुलाई २०२५ — पाकिस्तानका बौद्ध सम्पदाहरूको नेपाली पुस्तक...

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक...

वि.सं.२०८२ असार १७ मंगलवार ११:४२

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना...

अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

वि.सं.२०८२ असार १३ शुक्रवार १५:४६

एजेन्सी । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा...

एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु

एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु

वि.सं.२०८२ असार १२ बिहीवार २२:२०

  निङ्बो (चीन), १२ असार - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री...