Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन्स क्यापिटलद्वारा ‘सिटिजन्स सदाबहार योजना’ सार्वजनिक

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ सार्वजनिक भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनालाई नेपाल धितोपत्र बोर्डले ५० करोडसम्म निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।

योजना अन्तर्गत इकाई निष्कासन मिति २०८२ असार १३ गतेदेखि असार १७ गते (बैंकिङ समयसम्म) खुला रहनेछ। तोकिएको अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा, निष्कासन असार २७ गतेसम्म खुला रहने जानकारी दिइएको छ।

सिटिजन्स सदाबहार योजनामा न्यूनतम १ सय इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। योजना खरिदका लागि मेरो सेयर प्रणाली, साथै सी–आश्वा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाका शाखाहरु मार्फत आवेदन दिन सकिनेछ।

यस योजनामा पहिलो चरणको इकाई बाँडफाँडपछि नियमनकारी निकायको स्वीकृति लिएर थप इकाई निष्कासनको समेत व्यवस्था गरिनेछ।

यसअघि सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ नामक सात वर्षे बन्दमुखी योजना सफलतापूर्वक सम्पन्न भइसकेको छ। १० अंकित मूल्यमा ८ करोड २० लाख इकाई निष्काशन गरिएको सो योजनाको अन्त्यमा प्रति इकाई ११.३० का दरले प्रतिफलसहित रकम २०८२ जेठ २७ गतेदेखि इकाईधनीहरुको बैंक खातामा जम्मा गर्न थालिएको छ।

यस योजनाबाट औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको संस्थाले जनाएको छ। भौतिक रुपमा इकाई राखेर अहिलेसम्म अभौतिकीकरण नगराएका इकाईधनीहरुलाई आवश्यक विवरणसहित निवेदन पेश गर्न पनि सिटिजन्स क्यापिटलले अनुरोध गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेड ले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...