CG Electronics
IME Life
NIMB

सिटिजन्स क्यापिटलद्वारा ‘सिटिजन्स सदाबहार योजना’ सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ सार्वजनिक भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनालाई नेपाल धितोपत्र बोर्डले ५० करोडसम्म निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।

योजना अन्तर्गत इकाई निष्कासन मिति २०८२ असार १३ गतेदेखि असार १७ गते (बैंकिङ समयसम्म) खुला रहनेछ। तोकिएको अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा, निष्कासन असार २७ गतेसम्म खुला रहने जानकारी दिइएको छ।

सिटिजन्स सदाबहार योजनामा न्यूनतम १ सय इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। योजना खरिदका लागि मेरो सेयर प्रणाली, साथै सी–आश्वा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाका शाखाहरु मार्फत आवेदन दिन सकिनेछ।

यस योजनामा पहिलो चरणको इकाई बाँडफाँडपछि नियमनकारी निकायको स्वीकृति लिएर थप इकाई निष्कासनको समेत व्यवस्था गरिनेछ।

यसअघि सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ नामक सात वर्षे बन्दमुखी योजना सफलतापूर्वक सम्पन्न भइसकेको छ। १० अंकित मूल्यमा ८ करोड २० लाख इकाई निष्काशन गरिएको सो योजनाको अन्त्यमा प्रति इकाई ११.३० का दरले प्रतिफलसहित रकम २०८२ जेठ २७ गतेदेखि इकाईधनीहरुको बैंक खातामा जम्मा गर्न थालिएको छ।

यस योजनाबाट औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको संस्थाले जनाएको छ। भौतिक रुपमा इकाई राखेर अहिलेसम्म अभौतिकीकरण नगराएका इकाईधनीहरुलाई आवश्यक विवरणसहित निवेदन पेश गर्न पनि सिटिजन्स क्यापिटलले अनुरोध गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेड ले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...