CG Electronics
IME Life
NIMB

राज्य सुस्त हुँदा ‘बससेवा’ एप र वेबसाइटमार्फत यात्रु सुविधा पाउँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे युगमै रमाउन चाहिरहेको जस्तो भान हुन्छ । निजी क्षेत्रको पहल र नागरिकमा आएको प्रविधिप्रतिको चेतनाका कारण केही क्षेत्रमा प्रविधिको प्रयोग भए पनि राज्य स्तरबाट प्रविधिमार्फत लिन सकिने जति लाभ लिन सकेको पाइँदैन ।

धेरै क्षेत्रमा प्रविधिको विकास भएको देखिए पनि बसपार्कमा गएर घन्टौँ लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता अझै हटेको छैन । हवाई टिकटमा डिजिटाइजेसन भइसक्यो, धेरै सरकारी कामहरू घरबाटै मोबाइल वा कम्प्युटरको सहायताले गर्न सकिन्छ । बैंकमा खाता खोल्नसमेत बैंक धाउनुपर्ने बाध्यता छैन । रकमको कारोबारका लागि छिनभरमै हातको मोबाइलले काम फत्ते गरिदिन्छ ।

तर, सार्वजनिक बसमा यात्रा गर्नुपूर्व भने तातो घाम, झरी वा कठ्यांग्रिँदो चिसोमा लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता कायमै छ । यो बाध्यता अन्त्य गर्न सरकारले कदम नै नचालेको भने होइन । २०७७ सालमै सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्ने भन्दै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू भएको घोषणा गरेका थिए ।

उनले यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको बताएका थिए ।

तर, उनले सेवा सुरु गरेको ४ वर्ष बितिसक्दा पनि ओटिएमएस लागू हुन सकेको छैन । भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन पनि प्रविधिको प्रयोग अनिवार्य भएको गोगंबुस्थित बसपार्कमा टिकट काट्न पालो पर्खिरहेका रमेश भट्ट बताउँछन् ।

सबै सार्वजनिक गाडीको टिकट अनलाइनबाटै काट्ने सिस्टम लागू भए व्यवसायीले तोकेभन्दा बढी भाडा लिएर यात्रु ठग्ने प्रवृत्तिको पनि अन्त्य हुने उनको भनाइ छ ।

त्यतिमात्र नभई, सबै यातायात व्यवसायी अनलाइन सिस्टममा आबद्ध भएको खण्डमा काठमाडौँ उपत्यकाबाट कति यात्रु बाहिरिए र कति भित्रिए, आर्थिक कारोबार कति भयो, स्पष्ट तथ्यांक आउने भएकाले पनि अनलाइन सिस्टम महत्वपूर्ण रहेको उनको भनाइ छ ।
यता, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले केही वर्ष अघिबाटै लामो दूरीका सार्वजनिक सवारीका टिकट अनलाइनबाट काट्ने भने पनि यसको कार्यान्यवन हुन सकेको छैन । अहिले भने यसको तयारीको जिम्मा सबै प्रदेश तहहरूलाई नै दिइएको मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले बताइन् ।

डिजिटल सेवामा बससेवाको फट्को

२०६९ सालबाट औपचारिक रूपमा सञ्चालनमा आएको बससेवाले यातायात क्षेत्रलाई डिजिटाइज्ड गर्न नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

राज्यले ४–५ वर्ष अघिदेखि नै कार्यान्वयनमा ल्याउने भने पनि कार्यान्वयन गर्न नसकेको अनलाइन टिकेटिङ सिस्टम बससेवाले भने नियमित रुपमा सञ्चालन गरिरहेको छ ।

टिकट काट्नकै लागि लाइन बस्नुपर्ने अवस्था कायम नरहोस् भन्ने उद्देश्यका साथ सेवा दिँदै आएको बससेवाले एक क्लिकमै मोबाइलमा टिकट उपलब्ध गराउँदै आएको छ । यसबाट टिकट काट्नकै लागि काउन्टरसम्म पुग्नुनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बससेवाले जनाएको छ ।

देशका जुनसुकै स्थानबाट कुनै पनि गन्तव्यसम्म छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरु लाभान्वित भइरहेको बससेवाले जनाएको छ । टिकट खरिदबिक्री प्रक्रियामा बिचौलियालाई प्रवेश नदिन र यात्रुलाई सहजता प्रदान गर्न अनलाइन टिकेटिङ प्रणाली लागू गरिएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।

कोरोना महामारीपछि बससेवाको अनलाइन प्लेटफर्मबाट टिकट लिनेहरूको संख्या बढ्दै गएको उनले बताए । यात्रुहरु काउन्टरसम्म जाँदा लाग्ने समय र पैसा दुवैको बचत हुने भएकाले अहिलेको युगमा अनलाइन टिकेटिङ निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

देश आधुनिकतातर्फ गइरहेको र मानिसहरूले प्रविधिको प्रयोग बढाइरहेको अवस्थामा घन्टौँ लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता अन्त्य गर्न आफूहरूले यस्तो प्रविधि भित्र्याएको उनको भनाइ छ ।

बससेवा नेपालको पहिलो अनलाइन बस टिकट बिक्री गर्ने निजी क्षेत्रको कम्पनी हो । बससेवा टुर्स एन्ड ट्राभल्स् अन्तर्गत रहेर बससेवा डटकमले नेपालभरका अधिकांश रूटमा सेवा प्रदान गर्दै आएको छ ।

साथै, बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायत सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

कसरी काट्ने बससेवाबाट टिकट ?

बससेवाको मोबाइल एप

मोबाइल एप ‘बससेवा’मार्फत टिकट काट्न एन्ड्रोइड मोबाइलमा गुगल प्ले र आइफोन प्रयोगकर्ताले एपस्टोरमा गई बससेवाको एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड भएको एप खोलेर प्रयोगकर्ताको नाम र पासवर्डमार्फत लगइन गर्नुपर्ने हुन्छ । पहिले बससेवाको खाता नभएकाले नयाँ खाता खोली लगइन गर्नुपर्ने हुन्छ ।

त्यसपछि, यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी आफूलाई मन परेको बस र सिटको टिकट बुकिङ गर्न सक्छन् । एप्लिकेसनले यात्रुलाई आफ्नो यात्राको विवरण, टिकट मूल्य र अन्य जानकारीसमेत देखाउँछ ।

एकपटक टिकट चयन गरेपछि यात्रुले डिजिटल भुक्तानी गरेर टिकट काट्न सक्छन् । मोबाइलबाट प्राप्त भएको टिकट नै बसमा देखाएर यात्रा गर्न सकिन्छ । टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

बेव पोर्टल

कुनै पनि ब्राउजरमा बससेवा डटकममा जानुपर्ने हुन्छ । सहजताका लागि बससेवा मात्र सर्च गरी उपलब्ध नतिजाहरूमा बससेवाको आधिकारिक वेबसाइटमा क्लिक गरेर पनि बससेवाको पोर्टलमा पुग्न सकिन्छ ।

बससेवाको होमपेजमा नै गन्तव्यहरूको विवरण भर्ने विकल्प देखिन्छ । कहिलेका लागि कुन ठाउँबाट गाडी चढ्ने र कहाँ पुग्ने भनेर माग गरिएका विवरण भरेपछि सर्च बटनमा क्लिक गरेपछि कुन–कुन बस उपलब्ध छन्, भाडा कति लाग्छ ? बस कस्तो हो ? कुन कम्पनी वा सेवाप्रदायक हो भनेर सूची देख्न सकिन्छ ।

बसको सुविधा र भाडा दर हेरेर गाडी छनोट गरेपछि सिट छान्न सोही बसको नाममा क्लिक गरेपछि बसको सिट प्लान देखिन्छ । जसमा खैरो रङको सिटले बुक भइसकेको र हरियो रङले खाली सिट रहेको संकेत गरेको हुन्छ ।

हरियो रङ लागेकोमध्येबाट आफूलाई पायक पर्ने सिट छानेर फेसबुक वा इमेल लगइन गरेपछि ओटिपी कोड आउँछ । उक्त ओटिपी कोडलाई बससेवाको पोर्टलमा राखेपछि टिकटको रकम भुक्तानी गर्ने विकल्प देखिन्छ । त्यहाँ आफ्नो नाम, फोन नम्बर, इमेललगायत मागिएका विवरण भरिसकेपछि रकम भुक्तानीका लागि विभिन्न विकल्पमा जान सकिन्छ ।

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...