Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक

हेटौँडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले एघारौँ गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषिलाई मूल प्राथमिकतामा राखिएको जानकारी दिए ।

यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो। चालु आव २०८१÷०८२ मा बकैया गाउँपालिकाले ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेट अनुसार आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
कुल बजेटमध्ये २८ करोड ६ लाख ९१ हजार पूँजीगत खर्चतर्फ र ६३ करोड ६५ लाख ५९ हजार चालु खर्चतर्फ विनियोजन गरिएको छ । नेपाल सरकारबाट सशर्त अनुदानका रूपमा ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट २ करोड ९५ लाख ५० हजार सशर्त अनुदान प्राप्त हुने विवरण बजेटमा उल्लेख छ ।
कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाले कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड र त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा २ करोड ५० लाख छुट्याएको छ । साथै कोल्ड स्टोर निर्माणका लागि अनुदानसहित १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार निर्माणमा ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रमका लागि ७५ लाख, चिस्याकेन्द्र निर्माणमा ६५ लाख तथा प्रत्येक वडाको समानुपातिक विकासका लागि ४ करोड ८० लाख बजेट छुट्याइएको छ । कार्यपालिका सदस्यहरूलाई ८ लाखका दरले ४८ लाख विनियोजन गरिएको छ ।

उपाध्यक्ष खत्रीका अनुसार, यो बजेट विशेषगरी कृषिमा आत्मनिर्भरता, बजार पूर्वाधार, चिस्यान प्रणाली र स्थानीय उत्पादनलाई जोड दिन बनाइएको हो । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा बजेट पारित गरिएको हो ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...