CG Electronics
IME Life
NIMB

मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

हेटौँडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले एघारौँ गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषिलाई मूल प्राथमिकतामा राखिएको जानकारी दिए ।

यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो। चालु आव २०८१÷०८२ मा बकैया गाउँपालिकाले ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेट अनुसार आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
कुल बजेटमध्ये २८ करोड ६ लाख ९१ हजार पूँजीगत खर्चतर्फ र ६३ करोड ६५ लाख ५९ हजार चालु खर्चतर्फ विनियोजन गरिएको छ । नेपाल सरकारबाट सशर्त अनुदानका रूपमा ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट २ करोड ९५ लाख ५० हजार सशर्त अनुदान प्राप्त हुने विवरण बजेटमा उल्लेख छ ।
कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाले कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड र त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा २ करोड ५० लाख छुट्याएको छ । साथै कोल्ड स्टोर निर्माणका लागि अनुदानसहित १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार निर्माणमा ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रमका लागि ७५ लाख, चिस्याकेन्द्र निर्माणमा ६५ लाख तथा प्रत्येक वडाको समानुपातिक विकासका लागि ४ करोड ८० लाख बजेट छुट्याइएको छ । कार्यपालिका सदस्यहरूलाई ८ लाखका दरले ४८ लाख विनियोजन गरिएको छ ।

उपाध्यक्ष खत्रीका अनुसार, यो बजेट विशेषगरी कृषिमा आत्मनिर्भरता, बजार पूर्वाधार, चिस्यान प्रणाली र स्थानीय उत्पादनलाई जोड दिन बनाइएको हो । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा बजेट पारित गरिएको हो ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...