CG Electronics
IME Life
NIMB

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।

 

अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता १४ लाख ७७ हजार ५ सय बिगो माग गरेको छ ।

 

त्यस्तै, सबैला नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष रायलाई १४ लाख ७७ हजार ५ सय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादवलाई १४ लाख ७७ हजार ५ सय र तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुरको नाममा पनि १४ लाख ७७ हजार ५ सय नै जरिवाना गर्न भनेको छ ।

सबैला नगरपालिकाले आ.व. २०७७÷०७८ मा कृषि प्रबद्र्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।

कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाई धानको वीउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाले आ.व. २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यवसायीक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गर्नको लागि १५ लाख विनियोजन गरेकोमा नगरपालिकाले राष्ट्रिय दैनिक लगायतका कुनै पनि पत्र पत्रिकामा सूचना प्रकाशित गरेको नदेखिएको दाबी गरिएको छ ।

राष्ट्रसेवक कर्मचारी र उक्त संस्थाका अध्यक्षसमेतले मिलेमतोमा कोभिड १९ को कारण देखाई अर्चना सहकारी संस्था लिमिटेड सबैला धनुषाको १ मात्र निवेदन पर्न आएको भनी नगरपालिकाको वडा नं. ३, ७ र ८ मा उक्त कार्यक्रम संचालन गर्न भ्याटसहित जम्मा १५ लाखमा अर्चना सहकारी संस्था लिमिटेड र नगरपालिका बीच मिति २०७८ । ०२ । ०५ गते सम्झौता गरी उक्त संस्थासँग सम्झौता गरेपनि सबैला नगरपालिकाबाट बयर बोका, पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लिखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं. ८ का तत्कालीन वडाध्यक्षले बुझेको भरपाईबाट देखिएको अख्तियारले जनाएको छ ।

 

अर्चना कृषि सहकारी संस्थाले खरिद गरेको भनिएका बोका, पाठी र डाले घाँस (खसी) कसलाई वितरण गरिएको हो भन्ने स्पष्ट विवरण नभएको, कार्यक्रम संचालन गर्ने अर्चना कृषि सहकारी संस्थाले राधा कृषि फर्मबाट खरिद गरेको भनेको बोका, पाठी र डाले घाँस उक्त संस्थाका संचालकले आफूले मिति २०७८ । ०३ । २० गते जारी भएको बिलमा उल्लेख भए बमोजिम बोका, पाठी र डाले घाँस नबेचेको साथै आन्तरिक राजस्व कार्यालय जनकपुरको मिति २०८२ । ०१ ।

२४ गतेको पत्र अनुसार आ.ब. २०७७ । ०७८ मा राधा कृषि फार्मले कुनै कारोबार नगरेको भनी उल्लेख भई आएको देखिँदा मिलोमतोमा झुट्टा विल भरपाई र गलत कागजात तयार गरी १४ लाख ७७ हजार ५ सय हिनामिना गरेको पुष्टि भएकाले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...