CG Electronics
Ncell NPL
NIMB

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो । एक हजार केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् । चार्जिङ स्टेशनको उदघाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवद्र्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको र विद्युतीय सवारी साधनहरु समयको आवश्यकता भएको बताए ।

यस्ता पूर्वाधार विकासले देशलाई हरित यातायाततर्फ लैजाने विश्वास ब्यक्त गर्दै उनले बुटवलमा यति ठूलो चार्जिङ स्टेशन निर्माण हुनु सबैको लागि गौरवको विषय भएको र निजी क्षेत्रको यस्तो लगानीले देशको दिगो विकासमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनहरुको प्रयोग उल्लेख्य रुपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएको भन्दै त्यही समस्या समाधानको लागि आफूहरुले पहल गरेको बताए ।

उपभोक्तालाई भरपर्दो, द्रुत र सुरक्षित चार्जिङ सेवा दिन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ । खतिवडाले भने, यो चार्जिङ स्टेशन हामीले केवल व्यवसायिक सोच र उपभोक्ताको हितका लागि मात्रै हैन, वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौं । उनले इभी क्षेत्रमा दीर्घकालीन लगानी र विस्तारको योजना बनिरहेको र निकट भविश्यमै देशका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेशनहरु संचालनमा ल्याउने जानकारी दिए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले इभी सवारीलाई सफलतापूर्वक संचालन गर्न चार्जिङ स्टेशन र वर्कशप अनिवार्य रहेको भन्दै आफ्नो संस्थाको निरन्तर आग्रहमा शशीला मोटर्सले यो परियोजनामा कार्यान्वयन गरेको बताए । यस चार्जिङ स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका इभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् ।

 

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...