CG Electronics
IME Life
NIMB

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु। १५,९९९

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन ‘रेड्मी ए–सेभेन ९’ सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, ठूलो डिस्प्ले र सन्तुलित कार्यक्षमताका साथ यो फोन बजेट सेग्मेन्टका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो।

रेड्मी ए–सेभेन ९ हल्का र प्रयोगमैत्री डिजाइनमा तयार गरिएको छ। यसको तौल १९३ ग्राम रहेको छ भने फोनको साइज १७१।७९ मिमी × ७७।८ मिमी × ८।२६ मिमी रहेको छ। यसमा ६।८८ इन्चको ठूलो एलसिडी डिस्प्ले दिइएको छ, जसमा ४५० निट्ससम्मको ब्राइटनेस उपलब्ध छ। साथै, ‘डीसी डिमिङ’ प्रविधिका कारण लामो समय प्रयोग गर्दा आँखामा कम असर पर्ने कम्पनीले जनाएको छ।

यो स्मार्टफोनमा १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट हुने भएकाले प्रयोग अनुभव निकै स्मुथ रहनेछ। ३ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनमा ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि दिइएको छ, जसले र्यामलाई ६ जीबीसम्म विस्तार गर्न सकिन्छ।

ब्याट्रीतर्फ, रेड्मी ए–सेभेन ९ मा ५२०० mब्ज क्षमताको ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा दिन्छ। साथै, यसमा १५ वाटको फास्ट चार्जिङ सपोर्ट पनि छ।

सुरक्षा र सुविधाका लागि फोनमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता फिचरहरू समावेश गरिएको छ। क्यामेरातर्फ, यसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ, जसले कम उज्यालोमा पनि राम्रो तस्बिर खिच्न सहयोग गर्छ।

फोनमा ३।५ मिमी हेडफोन ज्याक पनि रहेको छ, जसले संगीत तथा पोडकास्ट सुन्ने प्रयोगकर्तालाई सहज बनाउँछ। यसको डिजाइन स्लिक र प्रिमियम देखिने खालको छ, र यो कालो, स्काइ ब्लु र अर्चिड पर्पल रंगमा उपलब्ध छ।

कम्पनीका अनुसार, रेड्मी ए–सेभेन ९ मा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ। नेपाली बजारमा यस स्मार्टफोनको मूल्य रु। १५,९९९ निर्धारण गरिएको छ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...