CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न ग्राहक–मैत्री तथा डिजिटल प्रवर्द्धनका योजनाहरू सार्वजनिक गरेको छ। बैंकले अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ यी योजना ल्याएको जनाएको छ।

बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ। यस अन्तर्गत बैंकको मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” प्रयोग गर्ने सक्रिय ग्राहकहरूले वैशाख महिनाको पहिलो हप्ताभित्र कम्तीमा एक सफल डिजिटल कारोबार गरेमा गोलाप्रथामार्फत ३ जना भाग्यशाली विजेताले आकर्षक भ्रमण प्याकेज जित्ने अवसर पाउनेछन्।

विजेताहरूले आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना जस्ता लोकप्रिय गन्तव्यहरूमा आफ्नो जोडीसहित भ्रमण गर्न पाउनेछन्।

डिजिटल बैंकिङलाई थप प्रोत्साहन गर्न बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि रिवार्ड पोइन्ट प्रणालीलाई समेत विस्तार गरेको छ। ग्राहकहरूले विभिन्न डिजिटल कारोबार गरेबापत प्राप्त गर्ने रिवार्ड पोइन्ट “महालक्ष्मी स्मार्ट साथी” एपमै जम्मा हुनेछ। उक्त एप प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। संकलित पोइन्टहरू निश्चित सर्तभित्र रहेर विभिन्न वस्तु खरिद तथा अन्य सेवामा प्रयोग गर्न सकिनेछ।

यसै अवसरमा बैंकले सुलभ ब्याजदरमा “महालक्ष्मी घर कर्जा” योजना पनि सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत आवासीय तथा व्यावसायिक प्रयोजनका लागि घर वा जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, तथा घर मर्मत–सम्भारका लागि कर्जा उपलब्ध गराइनेछ। कर्जाको अवधि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्म रहनेछ भने ब्याजदर ७ वर्षसम्म स्थिर रहने व्यवस्था गरिएको बैंकले जनाएको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन्। बैंकले हाल करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...