CG Electronics
Ncell NPL
NIMB

ज्योति विकास बैंक सूचना सुरक्षा प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO/ 27001:2022 सर्टिफिकेसन प्राप्त गर्न सफल भएको छ। यससँगै बैंक यस्तो प्रतिष्ठित सूचना सुरक्षा प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।

उक्त प्रमाणपत्र द्वारा प्रदान गरिएको हो, जुन विश्वव्यापी रूपमा सूचना सुरक्षाका लागि मान्य मानक हो। बैंकले मोबाइल बैंकिङ, कार्ड सेवा, कर्जा तथा निक्षेप, सूचना प्रविधि, मानव संसाधन, डिजिटल बैंकिङ, अपरेसन तथा जोखिम व्यवस्थापनजस्ता विभागहरूमा उच्चस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएको छ।

बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास तथा नियन्त्रण नीतिहरूको गहन परीक्षणपछि प्रमाणपत्र प्राप्त गरेको हो। यस सर्टिफिकेसनले बैंकको सूचना सुरक्षा संरचना प्राविधिक रूपमा बलियो, अद्यावधिक र जोखिम न्यूनीकरणमा सक्षम रहेको पुष्टि गरेको छ।

बैंकले प्रविधिमैत्री, ग्राहक केन्द्रित सेवा र डिजिटल ट्रान्सफर्मेसनमा निरन्तर ध्यान दिँदै आएको छ। साइबर सुरक्षा, निरन्तर सुधार नीति तथा नियामक निकायहरूको अनुपालनमा कुनै सम्झौता नगरी ग्राहकलाई सेवा दिँदै आएको बैंकले ग्राहकहरूको विश्वास बढाउने कार्यमा पनि यो उपलब्धि महत्त्वपूर्ण भएको जनाएको छ।

सामाजिक उत्तरदायित्वतर्फ समेत सक्रिय ज्योति विकास बैंकले नवजात शिशुहरूको जीवन रक्षा गर्न ‘न्यानो नानी’ परियोजनामार्फत हालसम्म २,२९४ भन्दा बढी शिशुहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। साथै, बैंकले गत आर्थिक वर्षमा ४० करोड रुपैयाँ कर तिरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी कर बुझाइसकेको छ।

हाल बैंकले देशभर १२१ वटा शाखा, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङ्गमा अग्रणी स्थान बनाउँदै, बैंकले सूचना सुरक्षामा पनि नयाँ मापदण्ड स्थापित गरेको छ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...