CG Electronics
Ncell NPL
NIMB

व्यवस्थित र सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको काठमाडौं सुन्धाराको धरहरा यतिबेला भरिभराउ छ । साउन १ गतेदेखि दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला भएपछि अवलोकनकर्ताहरुको भीड बढेको छ ।

२०७२ वैशाख १२ को भूकम्पले पुरानो धरहरा ढलेपछि ढिलागरी ६ बर्षपछि पुनःनिर्माण सकिएको धरहरा असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित अवलोकन गर्ने व्यवस्था गरिएको थियो ।
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले संचालित धरहरा हाल हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

सर्वसाधारणको चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको छ । १२ घण्टा धरहरा सन्चालन गर्नुका साथै सार्वजनिक दिनमा पनि धरहरा खुल्ला गरिएको छ । यसरी १२ धण्टा धरहरा सन्चालनमा ल्याएपछि धरहरा अवलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
समय बढेसँगै पहिलाको भन्दा ५० प्रतिशतले अवलोकन गर्नेहरुको संख्या वृद्धि भएको धरहरा अन्तरिम सञ्चालक तथा व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले बताए । उनले बिहान र बेलुकाको सिफ्टमा गरि ४५ प्रतिशत थप मान्छेहरु आउने गरेको बताए ।

उनले भने, ‘२०८२ साउन १ गतेबाट सरकारले निर्णय गरेअनुसार १२ घण्टा अर्थात धरहरा दुई सिफ्टमा सन्चालनमा ल्याएका छौं । दुई–दुई सिफ्टमा गर्दाखेर राम्रो भएको छ । बिहान र बेलुकाको सिफ्टमा गरि ४५ प्रतिशत मानिस आउने गरेका छन् । यो हामीले गरेको पहिलो र दोस्रो दिनको तथ्यांक अनुसार पहिलाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ ।’
यसैगरी उनले आन्तरिक रुपमा धरहरा सन्चालनमा आए पनि सुधार गर्नुपर्ने पक्षहरु धेरै रहेको बताए ।

शौचालयप्रति गुनासो
धरहरा अवलोकनमा आगन्तुकहरुको भीड बढेपनि आन्तरिक व्यवस्थापनमा प्रशस्त कमजोरी रहेको अवलोकनकर्ताहरुको गुनासो छ । धरहरा संचालन प्रमुख राईल शौचालय व्यवस्थापन अझै राम्रोसँग भइनसकेको स्वीकार गरे ।

उनले शौचालय, सरसफाइ, सुरक्षा, पार्किङ्ग जस्ता विषयलाई अझै धेरै व्यवस्थित रुपमा लानुपर्ने औंल्याए ।
‘आन्तरिक रुपमा धरहरा सन्चालनमा आएको छ । सुधार गर्नुपर्ने कुरा धेरै नै छन्,’उनले भने, ‘तरपनि हामीले दिएको स्रोत साधन मध्यपनि शौचालय, सरसफाइ, सुरक्षा, पार्किङ्ग जस्ता विषयलाई अझै धेरै व्यवस्थित गर्नुपर्ने देखिएको छ ।’

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले हाल सरकारले पनि सहयोग गरिरहेकाले केही सहज भएको बताए । केहि महिना पश्चात निजी क्षेत्र(लिजिङ्ग प्रोशेस)मा धरहरालाई लगिने बताए ।
उनले अहिलेको यहाँको पूर्ण शुल्क २०० रुपैयाँ रहेको तर बालबालिका र बुढाबुढी विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिने गरेको समेत बताए । विशेष समिति तयार गरेर नीजि क्षेत्रले संचालन गर्नेभएपछि थप व्यवस्थित हुँदै जाने उनले बताए ।

धरहरालाई अझै बढी सेवा सुविधाहरु जस्तो मोबाइल बैकिङ्ग, मनोरन्जन साधनहरु थपिदै लगिने पनि राईले जानकारी दिए ।
आगन्तुकहरुको सुझाव
धरहरा अवलोकन गर्न आएकाहरुले प्रशस्त मनोरन्जन लिएको सुनाए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा तनहुँका सुुदिप घिमिरेले अवलोकनका क्रममा रमाइलो भएता पनि शौचालयको व्यवस्था भै दिएको भए सहजीकरण हुनेथियो भन्दै गुनासो गरेका थिए । उनले पहिलाको धरहरा भन्दा अहिलेको धरहरामाा धेरै सुविधा भएको र धेरै संख्यामा एकैपटक अवलोकन गर्न सकिने समेत बताए । उनले सेवा शुल्क भने केहि घटाउनुपर्ने समेत सुझाव दिए ।

‘माथिसम्म आइपुग्दा एकदमै रमाइलो भएको छ । धेरै समयदेखि आउने रहर थियो । ३६० डिग्रीमा काठमाडौं देख्न पाइएको छ । शौचालय टाढा भएकाले यसमा ध्यान दिनुपर्ने देखियो । तर हालको धरहरा धेरै मान्छे अटाउन सक्ने रहेछ । पहिलेको धेरै साँघुरो थियो । तर शुल्क भने घटाउनु पर्ने देखिन्छ,’ उनले भने ।
त्यस्तै अर्का अवलोकनकर्ता श्याम श्रेष्ठले सुविधा राम्रो लागेको सुनाए । उनले पूरानो धरहरा चढ्न आँउदा मन नपरेर फकिएको तर अहिले चढौं चढौं लाग्ने भएको सुनाए । उनले टिकट शुल्क घटाउनु पर्ने सुझाव दिए ।

धरहरा हेर्न आएकी कक्षा ५ मा अध्ययनर छात्रा आशा श्रेष्ठले धरहरा चढ्दा रमाइलो भएको भन्दै अर्कोपटक साथीहरुसँग आउने सुनाइन् ।
त्यस्तै अर्को अवलोकनकर्ता रस्मिता श्रेष्ठले मान्छे धेरै भीडभाड भएतापनि रमाइलो भइरहेको बताइन् । उनले सेवा सुविधा सबै भएपनि खानेकुराहरु किन्नका लागि भित्रनै व्यवस्था हुनुपर्ने सुझाव दिइन् । उनले पनि शौचालय टाढा रहेको गुनासो गरिन् ।
गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यहाँबाट काठमाडौंको दृश्य अवलोकन गर्न पुरानै शैलीमा बाल्कोनीबाट करिब डेढ सयभन्दा बढी मानिसले एकै पटकमा अवलोकन गर्न सक्ने क्षमता छ । टावरभित्र विद्युत् केबलिङ फायर फाइटिङका साथै फायर अलाम सूचना प्रवाह गर्न स्पिकर, सिसिटिभि क्यामरा जडान गरिएको छ ।
परिसरमा प्रवेश गर्ने र बाहिरिने गरी पाँचवटा ढोका छन् । दुईवटा टिकट काउन्टरसहित गार्ड घर निर्माण गरिएको छ । परिसरभित्र निकै कलात्मक शैलीमा कोरिडोर र चारवटा प्रतीक्षालय निर्माण गरिएको छ ।

आवश्यक पर्ने सार्वजनिक शौचालय, सूचना कक्ष, चमेनागृह परम्परागत पाटीलगायतका संरचना निर्माण गरिएको छ ।

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...