CG Electronics
Ncell NPL
NIMB

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदर योजना सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
काठमाडौं । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ ।  बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो ।
हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ । बैंकले यो प्रडक्टलाई ‘NIC ASIA ATHOT Loan Against Share’  नाम दिएको छ ।
ग्राहकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ ।
गतिशील बैंकिङ्गको अभ्यास गर्दै ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर कर्जा योजना सार्वजनिक गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरिएको बैंकले उल्लेख गरेको छ ।
ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

 

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३३

  काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई...

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु। १५,९९९

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु।...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:२५

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...