Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदर योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ ।  बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो ।
हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ । बैंकले यो प्रडक्टलाई ‘NIC ASIA ATHOT Loan Against Share’  नाम दिएको छ ।
ग्राहकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ ।
गतिशील बैंकिङ्गको अभ्यास गर्दै ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर कर्जा योजना सार्वजनिक गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरिएको बैंकले उल्लेख गरेको छ ।
ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

 

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...