CG Electronics
IME Life
NIMB

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २३ जना पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका अत्तरखेल बस्ने सिन्धुपाल्चोक साँगाचोक नगरपालिका २ घर भएका ४१ वर्षीय यम बहादुर क्षेत्री र शंखरापुर नगरपालिका ९ साँखु घर भएका २४ वर्षीय रोशन कार्की रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका ५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ गरामनी बस्ने २७ वर्षीय रोसन शिवा र सोही नगरपालिका ५ देवीबस्ती बस्ने २४ वर्षीय समरदेव राजबंशीलाई रहेका छन् । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका ६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका ४ रिछा बस्ने २३ वर्षीय राम कुमार राना र पुनर्वास नगरपालिका ६ ङ गाउँ बस्ने २२ वर्षीय कल्लु राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका २ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ७ बस्ने १९ वर्षीय जिवन मन्ने र २७ वर्षीय आदित्य खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००८ प २७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका १४ खुटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ७ बस्ने २५ वर्षीय सुभम राना र सेवा राना रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले प्र।३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, शम्भुनाथ नगरपालिका ६ कठौना बस्ने २७ वर्षीय राम कुमार साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो २५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कठौनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका १ ईमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट, नाईट्राजेपाम १० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका २० पाटन महापाल घर भएका २३ वर्षीय अनिश शाक्य, सोही महानगरपालिका ५ लगनखेल घर भई ललितपुर बालकुमारी बस्ने ३७ वर्षीय जिबन कार्की रहेका छन् ।

प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०४० प ५९८८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १२ ट्याब्लेट सहित सोही महानगरपालिका ४ गणेशटोल बस्ने ३४ वर्षीय सन्दिप शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९६ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, डाईजेपाम ५९ एम्पुल, नोर्फिन ५९ एम्पुल र फेनारगन ५० एम्पुल सहित नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका ७ शिवपुर बस्ने ३१ वर्षीय कृष्ण बहादुर रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दिबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ६९४७ नम्बरको बसमा सवार उनालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका ७ किरात चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका(५ बस्ने १९ वर्षीय सौगात परियार समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १३ आदामारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही उपमहानगरपालिका १३ पदमपोखरी बस्ने ३० वर्षीय प्रविन लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देख्नासाथ ना.५१ प ५९०७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले झोला छाडि फरार भएपश्चात झोला तलासी गर्दा ट्रामाडोल ६ हजार ट्याब्लेट फेला पारी बरामद गरेको छ ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...