CG Electronics
IME Life
Ncell NPL

हवाई उड्ययन क्षेत्रमा जलवायुको असर देखिन थालेकोमा नेपालको चिन्ता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

जापान । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जलवायु परिवर्तन र उड्डयनका विषयमा क्षेत्रीय सहयोगका लागि तत्काल पहल गर्न आवश्यक भैसकेकोमा जोड दिएका छन् ।

जापानमा आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको एसिया प्यासिफिक क्षेत्रको ६० औं महानिर्देशकस्तरीय सम्मेलनमा उड्ययन र वातावरण शीर्षकको सत्र सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । हिमाल पग्लनु देखि उड्डयन क्षेत्रमा उत्पन्न अवरोधसम्मका असरहरू नेपालमा स्पष्ट देखिन थालिसकेको उल्लेख गर्दै अधिकारीले एसिया–प्रशान्त क्षेत्रका देशहरूलाई संयुक्त रूपमा पहल थाल्न आग्रह गरे ।

नेपालजस्ता देशहरू जसको विश्वव्यापी कार्बन उत्सर्जनमा “लगभग शून्य“ योगदान छ, उनीहरुले समेत अहिले नै जलवायु संकटको मूल्य चुकाउन शुरु गरिसकेको उनको भनाइ थियो । उड्डयन र वातावरण अन्तरसम्वन्धित रहेको जनाउँदै अधिकारीले जलवायु परिवर्तन अहिलेको जल्दोवल्दो विषयवस्तु भएको र उड्डयन क्षेत्रमा पनि यसको प्रभाव रहेको हुँदा तत्काल वस्तुपरक, समन्यायिक र समावेसी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

सत्रको उद्घाटन मन्तव्यमा उनले भने, “उड्डयन आर्थिक इञ्जिन त हो, तर यसले जलवायु परिवर्तनमा योगदान पनि दिन्छ । नेपालको कार्बन उत्सर्जन, उड्डयनसहित, नगण्य छ । तर हामी तीमध्ये एक सर्वाधिक प्रभावित देश हौं — जहाँ हिमाल पग्लिरहेका छन्, हिमताल विस्फोट भइरहेका छन्, बाढी आउँछन्, र मौसम झनझन अनिश्चित बन्दै गइरहेको छ, जसले हाम्रो उड्डयनमा ठूला चुनौतीहरू ल्याइरहेको छ।”

संसारका दशमध्ये आठ अग्ला हिमालहरू, सगरमाथासहित, नेपालमै छन् । अहिले यी हिमालहरूमा हिउँको ठाउँमा धमाधम खुला चट्टान देखिन थालेको छ । “जलवायु संकटले सीमा चिन्दैन, न त यो जिम्मेवारीलाई केवल उत्सर्जनका आधारमा मात्र मापन गर्छ,“ उनले थपे ।

सो सत्रका वक्ताहरुले पनि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको पाँच वर्षे रणनीतिक योजना, शुन्य कार्वन उत्सर्जन, दिगो हवाई इन्धन, न्यून कार्वनयुक्त हवाइ इन्धन तथा अन्य

वैकल्पिक सफा उर्जाका स्रोतका विषयहरुमा आप्mनो धारणा राखेका थिए । भारत, इन्डोनेसिया लगायतका सहभागिहरूले क्षेत्रीय क्षमतावृद्धिमा जोड दिएका थिए । भारतले इन्धन र पूर्वाधार बाहेक पनि वातावरणमैत्री नीति, जस्तै एकपटक प्रयोग हुने प्लास्टिकमाथिको प्रतिबन्ध, अपनाउनु पर्ने धारणा राख्यो ।

नेपालले सबै विमानस्थलमा नवीकरणीय जलविद्युत प्रयोग गर्दै आएको बताउँदै तिनीहरूलाई “हरित विमानस्थल” का रूपमा प्रस्तुत ग¥यो र अन्य देशहरूलाई पनि समान न्यायोचित रूपान्तरण र नवप्रवर्तनलाई प्राथमिकता दिन आग्रह ग¥यो । अधिकारीले भने, “हाम्रो उड्डयन गतिविधि सानो होला, तर हामीले भोगेका असरहरू साना छैनन् । समानता, नवप्रवर्तन, र साझा प्रतिबद्धता नै अगाडि बढ्ने मार्ग हुन् ।”

उड्डयन क्षेत्रको उच्चतम विकास तथा दिगोपनाका लागि निरन्तरको साझेदारी तथा हातेमालोको अपेक्षा राख्दै अधिकारीले उड्ययन र वातावरण शीर्षकको सत्रको समापन गरे ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...