CG Electronics
IME Life
NIMB

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को भव्य उद्घाटन

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन आज काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको सगरमाथा हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलले पानसमा बत्ती बालेर प्रदर्शनीको औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा उद्योग, अटोमोबाइल क्षेत्र, सञ्चार तथा व्यवसाय जगतका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन पछि सर्वसाधारणका लागि प्रदर्शनी खुला गरिएको छ। आफ्नो मन्तव्यमा अर्थमन्त्री पौडेलले एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको उल्लेख गर्नुभयो। “स्थापनाको केही महिनामै यति भव्य प्रदर्शनी गर्न सक्नु नाइमाको कार्यकुशलता र क्षमताको प्रमाण हो,” उहाँले भन्नुभयो। साथै उहाँले उद्योगमैत्री वातावरण निर्माणमा सरकारको प्रतिबद्धता दोहोर्याउँदै, “गुणस्तरीय सडक पूर्वाधारबिना अटोमोबाइल उद्योगको पूर्ण विकास सम्भव छैन,” भन्ने धारणा व्यक्त गर्नुभयो।

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले उद्घाटन समारोहमा सम्बोधन गर्दै अटोमोबाइल क्षेत्रको आर्थिक महत्त्व र रोजगारीमा यसको योगदानबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार, नेपालमा हाल ५५ लाखभन्दा बढी सवारीसाधन दर्ता छन् र यो क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ। साथै अटोमोबाइल क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको पनि उहाँले जानकारी दिनुभयो।

एक्स्पो समितिका अध्यक्ष शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै, “यो एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनी मात्र नभई स्मार्ट, सफा र समावेशी यातायात प्रणाली तर्फको सामूहिक प्रतिबद्धताको सुरुवात हो,” भन्नुभयो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन्। साउन २१ देखि २५ गतेसम्म चल्ने यो पाँचदिने प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। पहिलो दिनमै १५,००० जनाभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिले एक्स्पोप्रति जनचासो उच्च रहेको देखिएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...