CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकद्वारा “ईम्पावरिङ्ग लिडरसिप् इन बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स” सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा सहकर्मीहरूलाई लक्षित गर्दै “ईम्पावरिङ्ग लिडरसिप् इन बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स” कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा गत आर्थिक वर्षको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकतामा गहन छलफल गरिएको थियो। साथै केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ गर्ने उद्देश्यसमेत राखिएको थियो।

यसअघि मधेश प्रदेशमा यस्तै सेमिनार सम्पन्न भइसकेको र अन्य प्रदेशमा पनि क्रमशः सञ्चालन गर्ने योजना बैंकले जनाएको छ।

वित्तीय प्रगति समीक्षा गर्दै बैंकले २०८१/८२ को असार मसान्तसम्म कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ। निक्षेप संकलनमा पनि ११.६९ प्रतिशत वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा खुद व्याज आम्दानी ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने सीडी रेसियो ८१.९१ प्रतिशत कायम भएको छ।

बैंकले हालै “बैंक अफ द ईयर २०२४” उपाधि हासिल गरेको छ। साथै नेपालमै पहिलो पटक फोनपेसँग सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा चेक नम्बर सेवाको सुविधा उपलब्ध गराएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...