CG Electronics
Ncell NPL
NIMB

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विशेष कूटनीतिक उडानमार्फत तिआन्जिन प्रस्थान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू शनिबार बिहान हिमालय एअरलाइन्सको विशेष कूटनीतिक उडानमार्फत जनवादी गणतन्त्र चीनको तिआन्जिन प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा तथा अन्य उच्च पदस्थ सरकारी अधिकारीसमेत प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । टोली सेप्टेम्बर ३, २०२५ मा बेइजिङ्गबाट नेपाल फर्कने कार्यक्रम छ ।

एयरबस ३१९–११५ वायुयान शनिबार बिहान ०७ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र स्थानीय समय दिउँसो १५ः१५ बजे तिआन्जिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योंगले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी र प्रतिनिधिमण्डललाई स्वागत गर्नुभयो । त्यस्तै, उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले प्रधानमन्त्री र भ्रमण टोलीलाई बिदाइ गर्न उपस्थित रहनुभयो ।

विशेष उडानबारे विजय श्रेष्ठले भन्नुभयो, “सरकार प्रमुखको औपचारिक भ्रमणका लागि उडान सञ्चालन गर्नु हिमालय एअरलाइन्सका लागि ठूलो गौरव हो । नेपाल सरकारको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै हामी भविष्यमा पनि राष्ट्रको सेवामा समर्पित रहन्छौं ।”

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...