IME Life
NIMB

अपि पावरको अर्को उपलब्धि : सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको छ ।

कम्पनीका अनुसार आयोजना २०८२ असार १८ गते निर्माण सम्पन्न भई १५ दिनको परीक्षण सञ्चालन सफलतापूर्वक पूरा गरेको थियो । परीक्षण चरणपछि २०८२ साउन १२ गतेदेखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति सुरु भएको हो ।

सन् २०१२ (२०६८ चैत्र ३) मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भएको यस आयोजनाले २०७२ असोज २२ मा उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो भने वातावरणीय प्रारम्भिक अध्ययन (IEE) २०८१ असोज ८ मा ऊर्जा मन्त्रालयबाट स्वीकृत भएको हो ।

आयोजनाबाट दुईवटा पेल्टन टर्बाइन (प्रत्येक ५.५ मेगावाट) मार्फत कुल ११ मेगावाट विद्युत उत्पादन हुनेगरी डिजाइन गरिएको छ । अनुमानित वार्षिक उत्पादन ६१.३१९ गीगावाटघण्टा रहनेछ, जसमा ५०.८९३ जीडब्ल्यूएच वर्षायाममा र १०.४२५ जीडब्ल्यूएच सुख्खा मौसममा उत्पादन हुनेछ ।

सूर्यकुण्ड हाइड्रोबाट उत्पादित विद्युत ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत नुवाकोटको समुन्द्रटार सबस्टेशन हुँदै राष्ट्रिय ग्रिडमा आपूर्ति भइरहेको छ ।

कम्पनीको आइपिओ प्रक्रिया हाल नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा रहेको छ । यस आयोजनाबाट वाग्मती प्रदेशसहित मुलुकको विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...