CG Electronics
IME Life
NIMB

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

NIMB
Himalayan Bank

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक आज लोकार्पण गरिने भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले आज सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा विशेष कार्यक्रम आयोजना गरी उक्त पुस्तक लोकार्पण गर्न लागेको हो । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा आयोजना हुने कार्यक्रम आज बिहान ११ बजदेखि सुरू हुने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने र उनैले सो पुस्तक लोकार्पण गर्ने नेकपा एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । उनका अनुसार पुस्तकको टिप्पणी गर्न पार्टीका उपमहासचिव एवम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली सहभागी हुने छन् ।

नेपाली बाम आन्दोलन, सङ्गठन निर्माण, वैचारिक विकास, जनवादी अभ्यास र आफ्नो अनुभवका आधारमा उक्त पुस्तक तयार पारिएको लेखक आनन्द प्रसाद पोखरेलले बताए । उनले यो पुस्तक व्यक्तिगत प्रयास मात्र नभइ सामूहिक संलग्नता, वैचारिक सहकार्य र समर्पणको साझा अभिव्यक्ति भएको पनि बताएका छन् ।

निरङ्कुश राजतन्त्र र निर्दलीय अन्धकार चिर्दै आमूल परिवर्तनका लागि जीवनमरणको बाटो हिँडेका कम्युनिष्ट अग्रजहरू, वर्ग सङ्घर्षको आँधीबेहरीमा सहादत प्राप्त गर्ने सहिदहरू र समाज रुपान्तरणका स्वप्नद्रष्टा क्रान्तिकारी योद्धाहरू तथा न्यायप्रेमी जनताप्रति आफ्नो पुस्तक समिर्पित रहेको उनले जानकारी दिए ।

पुस्तकमा कम्युनिष्ट पार्टी निर्माणको आधारदेखि सामन्ती अवशेषको अन्त्य र समाजवादको आधार निर्माणसम्मका विषयवस्तुलाई सशक्त ढङ्गबाट प्रस्तुत गर्ने प्रयत्न गरिएको लेखक पोखरेलको भनाइ छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...