नेक्सन ईभीमा लेभल–२ एडास, भारतकै पहिलो इलेक्ट्रिक एसयूभी
Tuesday Sep 02, 2025
वि.सं.२०८२ भदौ १७ मंगलवार २३:२८
काठमाडौँ । टाटाको पहिलो विद्युतीय मोडल नेक्सन अझ सुरक्षित बन्ने भएको छ। मिडिया रिपोर्टका अनुसार टाटा मोटर्सले यस ईभीमा लेभल–२ एडास (Advanced Driver Assistance System) फिचर थप गर्ने तयारी गरेको छ।
नयाँ सुविधा नेक्सनको टप–स्पेक भेरियन्टमा मात्र उपलब्ध हुने अनुमान गरिएको छ, यद्यपि यसबारे कम्पनीले औपचारिक घोषणा भने अझै नगरेको बताइएको छ।
यससँगै नेक्सन ईभी एडास सुइट प्राप्त गर्ने भारतको पहिलो सब–फोर मिटर इलेक्ट्रिक एसयूभी बन्नेछ। यसमा एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन–किप असिस्ट, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अटो हाई बीम असिस्ट, ट्राफिक साइन रिकग्निसन, रियर क्रस ट्राफिक तथा कोलिजन वार्निङ र चालकको निद्रा सेन्सर जस्ता आधुनिक सुरक्षा फिचरहरू रहनेछन्।
लेभल–२ एडास सुइट एम्पावर्ड प्लस ए भेरियन्टमा प्रस्ताव हुने अपेक्षा गरिएको छ, जुन ४५ किलोवाट–आवर क्षमताको ब्याट्री प्याकसहित आउनेछ। कम्पनीले यसलाई एकपटक फुल चार्ज गर्दा करिब ४८९ किलोमिटर रेन्ज दिने दाबी गरेको छ।

























