CG Electronics
IME Life
NIMB

नाडाको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासनको निर्देशन

NIMB
Himalayan Bank

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भाद्र २४ गते गर्ने भनिएको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । भाद्र १६ गते नाडालाई लेखिएको पत्रमा जिल्ला प्रशासनले सो निर्देशन दिएको हो ।

यो भन्दा पहिले गत भाद्र ८ गते बसेको बैठकको निर्णय बमोजिम नाडाले भाद्र २४ गते विशेष साधारण सभा बोलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ – विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ (सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ ।

गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी भाद्र १६ गते निवेदन दर्ता भएको समेत जिल्ला प्रशासनले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

नाडा कार्यसमिति र अन्य विषयमा हाल विवाद बढ्दै गएको छ । पछिल्लो समयमा विधानतः नमिल्ने भनेर बरिष्ठ उपाध्यक्ष मनोनित गरिएका आकाश गोल्छालाई साधारण सदस्यमा राखिनुका साथै अन्य कारणले यो विवाद बढ्दै गएको पाइन्छ । पछिल्लो समयमा कतिपय व्यवसायीहरुले नयाँ संगठन ‘नाइमा’ समेत गठन गरेका छन् ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...