CG Electronics
IME Life
NIMB

पोखरामा ओमोडा एन्ड जेइकोको नयाँ शोरूम, जेइको जे५ सार्वजनिक

NIMB
Himalayan Bank

पोखराको शिवचोक–१० मा ओमोडा एन्ड जेइकोको नयाँ शोरूमको औपचारिक उदघाटन ईलाइट मोटर्स प्रालिले गरेको छ। झण्डै २० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको नयाँ शोरूम थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित अद्यावधिक गरिएको छ, जसले ग्राहकहरूलाई एउटै स्थानमै सबै प्रकारका सेवाहरू उपलब्ध गराउने उद्देश्य राखेको छ।

नयाँ शोरूममा अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टर पनि रहेको छ, जसले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ। सर्भिस प्रशिक्षकहरूलाई अनुभवी प्राविधिक तथा प्रतिनिधिहरूद्वारा विशेष प्रशिक्षण दिइएको छ, जसले ग्राहकहरूको विश्वसनीयता र सेवा अनुभव सुधार गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहसँगै गण्डकी प्रदेशमा नयाँ जेइको जे५ लक्जरी एसयूभी पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यो गाडी नाइमा एक्सपोमा पहिलो पटक प्रदर्शित गरिएको थियो र शक्तिशाली प्रदर्शन तथा आकर्षक डिजाइनका कारण लक्जरी एसयूभी वर्गमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ।

जेइको जे५ का प्रमुख सुविधाहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्विलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस रहेका छन्। यसले लामो यात्राका लागि पर्याप्त सुविधा र आराम प्रदान गर्छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा र कास्की क्षेत्र नं. ३ का प्रदेश सभाका सांसद प्रकाश बराल उपस्थित थिए। विशेष अतिथिका रूपमा नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र ओमोडाका उत्साही समर्थकहरूको उपस्थितिले समारोहलाई विशेष बनाएको थियो।

ईलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले भने, “पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेइको जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो।”

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...