CG Electronics
IME Life
NIMB

स्मार्ट च्वाईस टेक्नोलोजिजको थ्रीडीएस एसीएस सेवा सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरुवात गरेको छ । ACS विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।

Global IME Bank नेपालमा SCT को 3DS ACS सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, NMB Bank लाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ । यी सहकार्यहरुमार्फत Global IME Bank र NMB Bank का कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् ।

SCT ले सुरु गरिएको ACS सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको छ । यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ । यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै, नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्‍याउने छ ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...