केन्द्रीय कार्यालयमा तोडफोड, एनसेलद्वारा दुई दिन निःशुल्क सेवा
Wednesday Sep 10, 2025
वि.सं.२०८२ भदौ २५ बुधवार १२:२२
काठमाडौं । मंगलबार आन्दोलनकारीहरु एनसेलको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेका छन्। दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि भएको क्षतिले समग्र सेवामा अवरोध आउन सक्ने भएकाले कम्पनीले यसबारे चिन्ता व्यक्त गरेको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण उपभोक्ता तथा सरोकारवालालाई यस्तो अत्यावश्यक सेवा तथा सम्पत्तिमाथि क्षति नपुर्याई निरन्तर सञ्चार सेवा सुचारु राख्न सहयोग गर्न आग्रह गरेको छ।
उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँच सुनिश्चित गर्नका लागि एनसेलले आजदेखि लागू हुने गरी आगामी दुई दिनसम्म निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट तथा एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
एनसेल परिवारले यस कदमले उपभोक्ताहरुको दैनिक सञ्चारमा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।




























