CG Electronics
IME Life
NIMB

सुशासनयुक्त नवनेपाल निर्माणमा बैंक तथा वित्तीय संस्था तत्पर : सिबिफिन

NIMB
Himalayan Bank

काठमाडौं । जेन–जेड अभियन्ताहरूको आह्वानमा भएको आन्दोलनपश्चात मुलुक इतिहासकै कठिन क्षण पार गर्दै शान्तिपूर्ण अवतरणतर्फ उन्मुख भइरहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा जीवन गुमाएका युवाहरू, सुरक्षाकर्मी र सम्पूर्ण दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा देखिएका निहीत स्वार्थप्रेरित आक्रमणले सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । यद्यपि, यस आन्दोलनले सुशासनयुक्त नयाँ नेपाल निर्माणको स्पष्ट सन्देश दिएको उल्लेख गर्दै बैंक तथा वित्तीय क्षेत्र नवगठित सरकारसँग हातेमालो गर्दै समुन्नत राष्ट्र निर्माणको अभियानमा तत्पर रहने प्रतिबद्धता सिबिफिनले जनाएको छ ।

साथै, अकल्पनीय आक्रमण र क्षतिबाट प्रभावित निजी क्षेत्रलाई संरक्षण गर्दै लगानी, व्यवसाय र रोजगारीका लागि सुरक्षित वातावरण बनाउन सरकारले पहल गर्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमाथि क्षति पु¥याउने तत्वप्रति सजग रहँदै सहज र सुरक्षासहित बैंकिङ सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्न समेत सिबिफिनले आग्रह गरेको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...