Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।

आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए ।

‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ ।

यो अभियान देश निर्माणको अभियान हो ।’
उनले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको बताए । यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान तथा आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक्यवद्धता जनाउन आग्रह गरे ।

सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे । सरसफाई अभियान र पुर्ननिर्माण अभियानलाई हामीले देशैभरी जारी राख्नुपर्छ ।

यो अभियान देश बढाउने अभियान हो । यो अभियानमा देशमा र विदेशमा रहेका नेपालीहरुले एक्यवद्धता जाहेर गरेर अगाडि बढ्न पनि अनुरोध गर्दछु । करिब करिब डेढ दुई खर्ब बढीको संरचनाहरु ध्वस्त भएका छन् ।

यी ध्वस्त भएका संरचनाहरुलाई हामी नेपालीहरुले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर नेपालीहरुले नै बनाउनुपर्ने काँधमा आएको छ ।’यसअघि विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा सरकारी भवन, सवारी साधन तथा अन्य सार्वजनिक सम्पत्तिहरूमा क्षति पु¥याइएको थियो । सरकारले पुनर्निर्माण र सुधारका लागि आवश्यक पहल सुरु गरिसकेको छ ।

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी...

वि.सं.२०८२ असोज २५ शनिवार २२:५२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी...

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

वि.सं.२०८२ असोज २५ शनिवार २२:४७

  काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने...

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष...

वि.सं.२०८२ असोज २५ शनिवार २२:४०

  काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन्...

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ...

वि.सं.२०८२ असोज २५ शनिवार २२:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको...

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३३

  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...