कारागारबाट फरार अमेरिकी कैदीहरू सीआईबीले पक्राउ
Wednesday Sep 24, 2025
वि.सं.२०८२ असोज ८ बुधवार २३:०२
काठमाडौं । बलात्कार र बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका २ अमेरिकी कैदी कारागारबाट फरार भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अमेरिकाका ७० वर्षीय मिचेल नोर्म्यान टेलर र ४० वर्षीय जेसोन ल्लोडी मोडी रहेका छन् । टेलर कास्की कारागारमा बाल यौन दुराचार मुद्दामा थुनामा रहेका थिए भने मोडी सुन्धारा कारागारमा बलात्कार कसुरमा सजाय काटिरहेका थिए ।
सीआईबीका डीएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ परेका दुवै जनालाई कारागार बुझाउने तयारी भइरहेको छ ।




























