CG Electronics
IME Life
NIMB

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।

आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको निर्यात चेम्बरबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधीले श्रीलङकाको आर्थिक पुर्नउत्थानको विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ ।

दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता ःभएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीलङकाका लागि नेपाली राजदूत डा. पुर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल एवं श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितीमा भएको सम्झौतामा चेम्बरका तर्फबाट उपाध्यक्ष एवं अन्तराष्ट्रिय समितिका सभापति अर्जुन प्रसाद शर्मा र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरे ।

दुबै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न, र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।

सम्झौताअनुसार, दुबै संस्थाले स्थानीय तथा राष्ट्रिय आर्थिक प्रवृत्ति, बजारसम्बन्धी तथ्यांक, वैदेशिक व्यापार नीति र लगानी प्रोत्साहन सम्बन्धी जानकारी नियमित रुपमा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...