Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

जलविद्युत आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जा मन्त्री

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री गुहारेको छ ।

आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरित १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकोले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।

पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।

पत्रमा विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका जेन्जी गु्रपको नाममा १० प्रतिशत निःशुल्क सेयर लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत गृह बन्द छ भने यही कारण दैनिक करिब ९८ लाखसहित हालम्म १६ करोडभन्दा बढी गुमाउनु परेको उल्जेख छ ।

विद्युत गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनको लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरुमा पत्र पठाईएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरुमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरुमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।

आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ । पत्रमा पछिल्लो बर्षहरुमा ऊर्जा आयोजनाहरुमाथि विभिन्न समूहबाट आक्रमण, तोडफोड, आगजानी लगायत कार्य बढ्दै गएको छ ।

यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेण्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ ।

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ असोज २५ शनिवार २३:२१

  काठमाडौँ।सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई...

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर: टिभी, फ्रिज र वाशिङ मेसिनमा क्यासब्याक र बम्पर उपहार

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर:...

वि.सं.२०८२ असोज २५ शनिवार २२:२७

काठमाडौं । सामसङ नेपालले तिहारको अवसरमा आफ्नो बहुप्रतिक्षित क्याम्पेन “तिहारको...

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

वि.सं.२०८२ असोज २५ शनिवार १४:५०

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–ICAN) र राष्ट्रिय सहकारी...

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल वितरण गर्ने, तीन फण्ड र क्यापिटलको मुनाफाबाट लाभांश वितरण सुरु

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:४४

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफा...

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:३३

काठमाडौं। एन आईसी एशिया बैंकका ग्राहक महानुभावहरूका लागि अब वीरगंजस्थित...

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो, ३ हजारभन्दा बढी क्षति दाबी दर्ता

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब...

वि.सं.२०८२ असोज २५ शनिवार १४:२७

  काठमाडौं । हालै देशभर भएका आन्दोलनका क्रममा भएको भौतिक...