CG Electronics
IME Life
NIMB

विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित

NIMB
Himalayan Bank

काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।

नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।

कोशी प्रदेशमा पूर्ण अवरोध
संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६ गतेदेखि नै अविरल वर्षाले राजमार्ग पूर्ण रूपमा बन्द छ ।

मकालु गाउँपालिका–३ एकुवामा पनि २०८२ भदौ १५ देखि सडक सुचारु हुन सकेको छैन । वर्षा नरोकिएसम्म राजमार्ग सञ्चालन असम्भव रहेको स्थानीय प्रशासनले जनाएको छ ।

बागमती प्रदेशमा जोखिम बढ्दो
रसुवा जिल्लामा चीनसँगको सीमाना जोड्ने पुलमा बाढीका कारण असार २४ देखि नै आवागमन ठप्प छ । यस्तै, गोसाइकुण्ड गाउँपालिका–२ को तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा समेत पहिरोले राजमार्गहरू अवरुद्ध छन् ।

भोटेकोशी गाउँपालिका–४ चारकिलोमा गएको पहिरोले असोज १६ बिहान ८ः१५ बजेबाट सडक बन्द भएको हो ।

धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बि.पि. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ ।

काठमाडौंबाट बाहिरिने मार्ग होल्ड
काठमाडौं चन्द्रागिरि नगरपालिका हुँदै धादिङ र मकवानपुरतर्फ जाने पृथ्वी लोकमार्ग तथा अरनिको राजमार्गमा समेत अहिले सवारी साधन रोकिएको छ । नागढुङ्गा, गोदाम र टखेल मार्ग हुँदै बाहिरिने सबै सवारी साधनहरू अर्को आदेश नआएसम्मका लागि होल्ड गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न र वैकल्पिक मार्ग तथा जानकारीको लागि स्थानीय प्रशासन वा ट्राफिक कार्यालयको सम्पर्कमा रहन अनुरोध गरेको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...