Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

 

काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।

यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए)एक समूहका अध्यक्ष डा. बद्री केसीले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको उपलब्धिहरू र आगामी कार्यदिशाबारे जानकारी दिएका छन् ।
डा.केसीका अनुसार, २२ वर्षको अवधिमा संघले ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गरी विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको छ । यद्यपि विगत केही समयदेखि देखिएको संस्थागत असहजतालाई समाधान गर्न संघ आन्तरिक संवाद र सहमतिको प्रक्रियामा छ ।

उनले भने, ‘संघलाई पुनः एकताबद्ध गर्दै १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय अभियानको फरक धारमा रहेका समूहहरुसँग छलफलको क्रममा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सहमतिमा पाँच सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने प्रस्तावमा सहमति नजिकिएको छ । उक्त कमिटीले आगामी तीन महिनाभित्र १२औं महाधिवेशन सम्पन्न गर्ने योजना अघि सारिएको छ ।

संघले सबै पक्षलाई संवादमा आउन आह्वान गर्दै संस्थागत एकता कायम गर्न लचकता अपनाइरहेको जनाएको छ । अध्यक्ष केसीले फरक धारमा रहेका साथीहरूप्रति संवादका ढोका खुला रहेको समेत उल्लेख गरेका छन् ।

एनआरएनएले हालैका वर्षहरूमा नेपालको सामाजिक तथा आर्थिक विकासमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीको सदुपयोग गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा जलविद्युत, बैंकिङ, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य लगानी भित्रिएको जनाइएको छ ।

संघले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी पनि दिएको छ । सो फण्डलाई कार्यान्वयन गर्न सरकारले नौं वटा कानुन संशोधन गरेर सहजीकरण गरेको हो। साथै, साना तथा मझौला गैरआवासीय लगानीकर्तालाई समेत समेट्ने प्रयास भइरहेको संघले जनाएको छ ।

अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघलाई आजसम्म ल्याउन योगदान दिने सम्पूर्ण गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संस्था, सञ्चार क्षेत्रलगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी...

वि.सं.२०८२ असोज २५ शनिवार २२:५२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी...

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

वि.सं.२०८२ असोज २५ शनिवार २२:४७

  काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने...

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ...

वि.सं.२०८२ असोज २५ शनिवार २२:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको...

कामना सेवा विकास बैंकको अध्यक्षमा पुन : सुदिप आचार्य

कामना सेवा विकास बैंकको अध्यक्षमा पुन :...

वि.सं.२०८२ असोज २४ शुक्रवार २१:३७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३३

  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...