सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

Saturday Oct 11, 2025
वि.सं.२०८२ असोज २५ शनिवार २३:२१

काठमाडौँ।सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहनेछ।
बैंकले जनाएको अनुसार, लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।