Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बक्यौता तिर्न अटेर गर्ने उद्योगको लाइन जतिबेला पनि काटिन सक्छ : नेपाल विद्युत प्राधिकरण

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझैं २५ उद्योग किस्ता बुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,’ उनले भने ।
बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ ।

 

यो सुविधा प्रयोग गरेर शुक्रबार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।
आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नर्गु भनेकाले सावर्जनिक नगरिएको सिलवालले बताए ।

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...