Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल, २० वर्षमा ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

 

काठमाडौं ।  हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सल्लाहकार एवं अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ। सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीयबासीदेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले हिमाली समुदायका लागि अस्पताल निर्माण गर्ने सपना देखेकी थिइन्। तर, सगरमाथा आरोहणकै क्रममा उनको निधन भएपछि त्यो सपना अपूरो रह्यो। त्यही बेला स्विजरल्याण्डकी पहिलो महिला ट्रेकिङ गाइड निकोल निक्की हिमालय आरोहणको क्रममा दुर्घटनामा पर्दा लुक्लामा उनको भेट पासाङ ल्हामुका भाई आङ गेलु शेर्पासँग भयो। पछि आङ गेलु निकोलसँगै स्विजरल्याण्डमा पनि साथ रहे । निक्कीले पासाङ ल्हामुको अपूरो सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै करिब २५ वर्षअघि लुक्लामा अस्पताल निर्माणको पहल गरेकी थिइन्। फलस्वरूप दुवै महान महिलाको नाममा पासाङल्हामु निकोल निक्की अस्पताल स्थापना भयो, जसले अहिले २० वर्ष पूरा गरेको छ।

फोनिजका सल्लाहकार एवं अस्पतालका निर्देशक पासाङकाजी शेर्पाले अस्पतालले मातृस्वास्थ्य, बालस्वास्थ्य, आपत्कालीन उपचारदेखि हड्डी र आँखासम्बन्धी स्वास्थ्य शिविरसम्म निरन्तर सेवा प्रदान गर्दै आएको बताए। उनका अनुसार, हिमाल आरोहण र ट्रेकिङका क्रममा घाइते हुने पर्यटकहरूलाई तत्काल रेस्क्यु गरी उपचार गर्ने व्यवस्था गरिएको छ। सोलुखुम्बुका चौरिखर्क, लुक्ला, सेर्कु र नाम्चेसम्मका बासिन्दाले पनि यसै अस्पतालबाट उपचार लिँदै आएका छन्।

कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत डानिएला भेरोनिक मोलीले उक्त अस्पताललाई स्विस–नेपाली मित्रताको प्रतीक भन्दै प्रशंसा गरिन्। उनले भनिन्, “हिमालको मुटुमा अवस्थित यो अस्पतालले दुई दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन स्विट्जरल्यान्ड र नेपालको मैत्री सम्बन्धको उज्यालो उदाहरण हो।”

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अस्पतालले स्थानीय तथा पर्यटक दुवैका लागि जीवनरक्षक भूमिका खेलेको बताए। “यो अस्पतालले प्रसूति सेवा, गर्भाशय उपचार, निःशुल्क औषधि वितरण र हिमाली स्वास्थ्य सचेतनामा अमूल्य योगदान पुर्‍याएको छ,” उनले भने।
स्विजरल्याण्डबाट आएकी अस्पतालकी संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै स्विस दाताद्वय रब र राल्फको सहयोगमा स्थापना भएको ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ले अस्पतालमा जन्मिएका प्रत्येक बालबालिकालाई कक्षा १० सम्म वार्षिक २२० स्विस फ्राङ्क छात्रवृत्ति उपलब्ध गराइँदै आएको जानकारी दिइन्। उनका अनुसार यो वर्ष मात्रै २६१ बालबालिकाले छात्रवृत्ति प्राप्त गरेका छन्।

२५ शय्या क्षमताको यो अस्पतालमा दुई चिकित्सकसहित २५ जना कर्मचारी कार्यरत छन्। अस्पतालले आफ्नो २१ किलोवाटको हाइड्रोपावर र ९ किलोवाटको सोलार प्रणालीबाट विद्युत् उत्पादन गरी स्वावलम्बी रूपमा सञ्चालन गरिरहेको छ। आर्थिक अभाव भएका बिरामीहरूको निःशुल्क उपचार गर्ने तथा काठमाडौं रिफर गर्नुपर्ने अवस्थामा समेत आर्थिक सहयोग गर्ने परम्परा अस्पतालले निरन्तरता दिएको छ।

कार्यक्रममा पासाङल्हामु फाउन्डेशनकी अध्यक्ष तथा पूर्वराजदूत दावाफुटी शेर्पा, पासाङल्हामु शेर्पाका दाजु क्याप्टेन आङ गेलु शेर्पा, स्विसका पूर्वराजदूतसहित तीन दर्जनभन्दा बढी स्विस नागरिक उपस्थित थिए। झन्डै पाँच सय जनाको सहभागिता रहेको समारोहमा स्थानीय महिलाहरूको सांस्कृतिक नृत्य र हिमाली शेर्पा परिकारहरू प्रस्तुत गरिएका थिए, जसले उत्सवलाई झन् रौनकपूर्ण बनायो।

पासाङल्हामु निकोल निक्की अस्पताल आज केवल सोलुखुम्बुको गौरव मात्र होइन, सारा देशका लागि एक नमूना सामुदायिक अस्पतालका रूपमा स्थापित भइसकेको छ, जसले स्वास्थ्य, सहयोग र समर्पणको उज्यालो हिमालमा फैलाइरहेको छ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...