Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

राष्ट्रव्यापी डिलर सञ्जाल विस्तारमा जिली EX5, बुटवल र विराटनगरमा नयाँ शोरुम संचालन तयारीमा

 

काठमाडौं । विश्वप्रसिद्ध जिली EX5 को नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिलीEX5 मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई पनि झल्काएको छ ।

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्य बोकेको यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलोमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी पनि गराएको छ ।

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका, र तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।

यी नयाँ शोरुमहरुले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन् ।

“सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली EX5 प¥याउने उदेश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हांै,” एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाही भन्छन्, “हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।”

नेपालमा भित्रिएको छोटो समयमै जिली EX5 ले नेपाली इभि पारखीहरुको मन जितिसकेको छ भने यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।

“हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली EX5 बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,” उनले थपे ।

कम्पनीले निकट भविष्यमै अन्य विभिन्न स्थानहरुमा पनि नयाँ डिलर नियुक्त गर्दै शोरुमको स्थापना गर्दै जाने बताएको छ ।
समाप्त

 

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन सरकारबाट सशर्त स्वीकृति प्राप्त, युरोपेली बजारमा बलियो प्रवेश

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन...

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:२१

  काठमाडौँ। टाटा मोटर्स लिमिटेडले इटालीको प्रमुख ट्रक तथा बस...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:३८

  काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका...