CG Electronics
IME Life
NIMB

सोल्टी होटलले लाभांश घटायो, विस्तार योजनामा ध्यान केन्द्रित

NIMB
Himalayan Bank

काठमाडौं । सोल्टी होटल लिमिटेडले यस वर्षका लागि गत वर्षभन्दा कम लाभांश प्रस्ताव गर्दै आगामी विस्तार र सेवा सुधार योजनामा लगानी बढाउने संकेत दिएको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१÷८२ को नाफाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत मात्र वितरण गर्ने निर्णय गरेको छ ।

गत वर्ष भने कम्पनीले ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष लाभांश घटाउनुको कारण कम्पनीको आगामी दीर्घकालीन व्यवसायिक योजना तथा पूँजीगत खर्च वृद्धि रहेको बताइएको छ ।

कम्पनीले प्रस्तावित लाभांश तथा अन्य एजेन्डामाथि छलफलका लागि आगामी मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेलमा ५१औं वार्षिक साधारण सभा बोलाउँदै छ । सभाको समय विहान १० बजे निर्धारण गरिएको छ ।

हाल सोल्टी होटलको चुक्तापूँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको छ र सोही आधारमा लाभांश वितरण गरिनेछ । यसैगरी साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ५ देखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोज प्रणालीअनुसार मंसिर ४ गतेसम्म कायम शेयरधनीलाई मात्र सभामा सहभागिता र लाभांश प्राप्तिको अधिकार हुनेछ ।

नेपालको अग्रणी फाइभ–स्टार होटलमध्ये एक सोल्टी होटलले पछिल्लो समय नयाँ बजार विस्तार र सेवा आधुनिकीकरणमा केन्द्रित हुँदै आएको छ । लाभांश घट्नु पनि भविष्यका दीर्घकालीन योजनालाई प्राथमिकता दिएको संकेतका रूपमा विश्लेषण गरिएको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...