IME Life
NIMB

बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’, उत्कृष्ट तीन खेलाडीलाई पल्सर N160 पुरस्कार

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ।

आज बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार, एनपीएलका उत्कृष्ट तीन खेलाडीहरूलाई गोल्छा ग्रुपले पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गर्नेछ। उक्त पुरस्कार सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर, र उदीयमान (इमर्जिङ) खेलाडीलाई दिइनेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अभिमन्यु गोल्छाले भने,

“पल्सर मोटरसाइकल सधैं खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो। एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ।”

त्यसैगरी, क्यानका सचिव पारस खड्काले पल्सरसँगको सहकार्यलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए। उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको र छिट्टै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गर्ने जानकारी दिए।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने कार्यक्रम छ।

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...