बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’, उत्कृष्ट तीन खेलाडीलाई पल्सर N160 पुरस्कार
Thursday Oct 30, 2025
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १६:३८
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ।
आज बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार, एनपीएलका उत्कृष्ट तीन खेलाडीहरूलाई गोल्छा ग्रुपले पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गर्नेछ। उक्त पुरस्कार सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर, र उदीयमान (इमर्जिङ) खेलाडीलाई दिइनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा अभिमन्यु गोल्छाले भने,
“पल्सर मोटरसाइकल सधैं खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो। एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ।”
त्यसैगरी, क्यानका सचिव पारस खड्काले पल्सरसँगको सहकार्यलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए। उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको र छिट्टै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गर्ने जानकारी दिए।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने कार्यक्रम छ।

























