CG Electronics
IME Life
NIMB

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य हुनु भएका २२० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यूले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुभएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराउनु भयो साथै वहाँले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताउनु भयो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गर्नुभएको थियो । तालिमको क्रममा वहाँले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरुसंग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवाश्यक ज्ञान र साहस चाहिने बताउनु भयो ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लाने उर्जा मिलेको सहभागि अभिकर्ताहरुले जानकारी गराउनु भयो । यसै गरी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...