Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एयरबस हेलिकप्टरको संगोष्ठीले नेपालको रोटरक्राफ्ट समुदायमा उडान सुरक्षाबारे जागरूकता बढायो

 

काठमाडौं । नेपालभरका सयभन्दा बढी विमानन व्यवसायी र पेशेवरहरू काठमाडौंमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भए । यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को सहयोगमा एयरबस हेलिकप्टरद्वारा आयोजित यो एकदिने संगोष्ठीले नियामक निकाय, सञ्चालनकर्ता र सुरक्षा विज्ञहरूलाई दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीहरूमा विचार–विमर्श गर्ने अवसर प्रदान गर्यो ।

कार्यक्रमको उद्घाटन नेपालस्थित फ्रान्सकी राजदूत ह.ई. भर्जिनी कोर्तेवाल (Virginie Corteval) र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रममा एयरबस हेलिकप्टरकी हेड अफ एभिएशन सेफ्टी एण्ड क्वालिटी फ्लोरेन्स भेरलुट, हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन, र दक्षिण एशियाका प्रमुख सनी गुग्लानीले समेत सम्बोधन गर्नुभयो ।
“एयरबसमा, सुरक्षा हरेक निर्णयको केन्द्रमा रहन्छ — डिजाइन र उत्पादनदेखि लिएर मर्मत, पाइलट तालिम र डेटा विश्लेषणसम्म,” फ्लोरेन्स भेरलुटले बताइन् ।

“सुरक्षा कुनै स्थिर लक्ष्य होइन; यो एउटा सोच हो, जुन ज्ञान आदानप्रदान र निरन्तर सुधारमार्फत विकसित हुन्छ । यस प्रकारका संगोष्ठीहरूले हाम्रो साझा उद्देश्य — हरेक हेलिकप्टर उडानलाई सुरक्षित बनाउने लक्ष्य — लाई सुदृढ गर्न मद्दत गर्छन्,” उनले थपिन् ।

दिनभरको कार्यक्रममा सहभागीहरूले एयरबसको विश्वव्यापी सुरक्षा दृष्टिकोण, दुर्घटना तथ्यांक, सुरक्षा व्यवस्थापन प्रणाली (Safety Management Systems) र हेलिकप्टर फ्लाइट डेटा मोनिटरिङ्गबारे सत्रहरूमा भाग लिए । विज्ञहरूले हवाई कार्य सञ्चालन, मर्मत अभ्यास, र उच्च तनावपूर्ण परिस्थितिमा निर्णय लिने प्रक्रियाबारे पनि छलफल गरे ।

कार्यक्रममा नेपाली सञ्चालनकर्ताहरूले आफ्ना अनुभव र उत्कृष्ट अभ्यासहरू पनि साझा गरे ।
संगोष्ठीको समापन आगामी वर्षहरूमा विश्वसनीयता र मर्मत सुधार गर्ने एयरबस हेलिकप्टरको योजनासँग सम्बन्धित सत्रका साथ भयो, जसले उत्पादन सुरक्षामा थप सुधार ल्याउने रोडम्याप प्रस्तुत गर्यो ।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...