CG Electronics
IME Life
NIMB

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं। सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ साल कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई मिति २०८२ माघ १२ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरिएको छ।

ललितपुर स्थायी बासिन्दा आचार्य २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहँदै आइरहनु भएको छ। बैंकिङ क्षेत्रमा उहाँले करिब २१ वर्षको अनुभव संगाल्नुभएको छ। हाल उहाँ सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो। यसअघि उहाँले बैंकका १० वटा विभागहरूमा विभागीय प्रमुखका रूपमा नेतृत्व प्रदान गर्नुभएको थियो।

उहाँको विशेष दक्षता कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना लगानी क्षेत्रमा रहेको छ। साथै, उहाँ सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ। बैंकिङ क्षेत्रबाहेक पनि उहाँसँग ४ वर्षको उत्पादन इन्जिनियरिङ अनुभव र ५ वर्षको भिजिटिङ फ्याकल्टीको शैक्षिक अनुभव रहेको छ। शैक्षिक दृष्टिले, आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर (Master’s) डिग्री तथा इन्जिनियरिङमा स्नातक (Bachelor’s) डिग्री हासिल गर्नुभएको हो। साथै, एस.एल.सी. परीक्षामा उहाँले आदर्श विद्या मन्दिर हाई स्कूलबाट राष्ट्रव्यापी तेस्रो स्थान प्राप्त गर्नुभएको थियो।

सानिमा बैंकले विश्वास व्यक्त गरेको छ कि आचार्यको नेतृत्वमा बैंकले आगामी दिनमा अझ उच्च सफलता र विकासका नयाँ उचाइहरू हासिल गर्नेछ।

 

 

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...