CG Electronics
IME Life
NIMB

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा, चिनियाँ बजारमा बुकिङ सुरु

NIMB
Himalayan Bank

काठमाडौं। ग्रेटवाल मोटर (GWM) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को प्री–सेल सुरु गरेको छ। कम्पनीले सुरुवाती मूल्य १५,४०० अमेरिकी डलर कायम गरी चिनियाँ बजारमा बुकिङ लिन थालेको हो।

ओरा५ ६ वटा कलर अप्सनमा उपलब्ध हुनेछ र ४८० र ५८० किलोमिटरको रेन्ज विकल्पसहित ५ वटा ट्रिममा उपलब्ध हुनेछ। उच्च ट्रिममा उन्नत ड्राइभिङ एसिस्टेन्स सिस्टमको लागि अत्याधुनिक लिडार पनि उपलब्ध गराइएको छ।

रेट्रो शैलीमा डिजाइन गरिएको ओरा५ को लम्बाई ४,४७१ मिमी, चौडाई १,८३३ मिमी, उचाई १,६४१ मिमी र ह्विलबेस २,७२० मिमी रहेको छ। यसमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ब्याट्री प्याक ४५.३ र ५८.३ किलोवाट–घण्टा अप्सनमा उपलब्ध हुनेछ।

ओरा५ को इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको मिनिमलिस्टिक डिजाइन छ। यसमा दुई–स्पोक फ्ल्याट–बटम स्टेयरिङ ह्वील र GWM को तेस्रो–पुस्ताको Koffee OS अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।

चिनियाँ बजारमा छिट्टै लन्च हुने तयारीमा रहेको ओरा५ निकट भविष्यमा नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ। नेपालमा ग्रेटवाल मोटर्सका सवारीसाधन भीजी इम्पेक्स प्रालिले बिक्री गर्दै आएको छ। कम्पनी हाल यसको ओरा०३ इलेक्ट्रिक कार पनि उपलब्ध गराइरहेको छ।

 

 

 

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...