बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
Thursday Nov 13, 2025
वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:३९
काठमाडौँ । ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड २०२५ का पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पर्न सफल भएको छ ।
यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूूडामणि शर्माले अवार्ड ग्रहण गर्नुुभएको थियो । यस साझेदारीमा बेलायतका चार वटा संस्था तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सहित नेपालका सार्वजनिक र निजी क्षेत्रका संस्थाहरु संलग्न छन् ।
ब्रिटिस काउन्सिलको सहयोगमा बेलायत–नेपाल साझेदारीले सबल सार्वजनिक–निजी साझेदारीको व्यवस्थित अवधारणा लागूू गर्दै नेपालमा हरित सीप (ग्रिन स्किल) को क्षेत्रमा देखा परेका कमीहरुलाई सम्वोधन गर्न सम्वन्धित निकायलाई सहयोग गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रका विभिन्न सरोकारवालालाई समेटेर यस साझेदारीले नेपालमा हरित सीपसम्बन्धी सल्लाहकार बोर्ड (ग्रिन स्किल एड्भाइजरी बोर्ड) स्थापनाका लागि नेपाल सरकारलाई सहयोग गरेको छ । यस बोर्डले थप समयानुुकूूल र दीगो शिक्षाका साथै रोजगारीका लागि समावेशी मार्ग निर्माण गर्ने लक्ष्यसहित हरित सीपको क्षेत्रमा काम गरिरहेको छ । बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिटिइभिटी, एफएनसीसीआइ, नेपाल उद्योग परिसंघ (सिएनआइ) र नेपाल निर्माण व्यवसायी महासंघ (एफसिएएन) को प्रतिनिधित्व छ ।
अवार्ड जित्न सफल ५ वटा परियोजनाले आफ्नो तर्फबाट दीगो विकास लक्ष्यहरुमध्ये समावेशी शिक्षासम्बन्धी एक लक्ष्यका लागि दीर्घकालिन योगदान गर्न सक्ने विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए । अवार्ड विजेता अन्य साझेदारी पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका थिए । अवार्ड विजेता नेपालसहितको परियोजनाबारे न्यष्लन न्यिदब िएबचतलभचकजष्उक ब्धबचमक ्र द्यचष्तष्कज ऋयगलअष् िमा विस्तृत रुपमा हेर्न सकिन्छ ।
अवार्ड समारोहपछि बोल्दै सचिव पौडेलले भन्नुुभयो–“यो अवार्डले बेलायत र नेपालका विभिन्न संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको छ, साझेदारीमार्फत सञ्चालित ग्रिन स्किल एड्भाइजरी बोर्डले नेपालमा अत्यावश्यक हरित सीप विकासका लाथि निकै महत्वपूर्ण योगदान गर्ने आशा मैले लिएको छु ।”
सो अवसरमा बोल्दै ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रुस्तम मोदीले भन्नुुभयो–“यो विश्वव्यापी अवार्डबाट बेलायत–नेपाल साझेदारी सम्मानित हुँदा हामी निकै हर्षित छौं, नेपालमा हरित सीपको मुुद्धा सम्वोधनमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यबाट हामीले यो उपलव्धि हासिल गरेका हौं, यस साझेदारीमार्फत हामी थप दीगो, समावेशी र भविष्यका लागि भरपर्दो जनशक्ति निर्माण गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्न पाउँदा गर्व महसुुस गर्दछौं ।”
ब्रिटिस काउन्सिलका डेपुुटी चिफ एक्जिक्युुटिभ केट इवार्ट बिग्सले अवार्ड हस्तान्तरण गर्नुुभएको थियो भने ब्रिटिस काउन्सिलकी शिक्षासम्बन्धी ग्लोवल डाइरेक्टर मडलिन एनसलले माथि उल्लेखित परियोजनाहरुले शिक्षा क्षेत्र र दीगो विकासमा पार्ने महत्वपूर्ण प्रभावबारे धारणा राख्नुुभएको थियो ।
गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रम (Going Global Partnerships programme) बारे
ब्रिटिस काउन्सिलबाट अनुुदान प्राप्त गोइङ ग्लोवल पार्टनरसीपले लाभदायी रुपमा पारस्परिक अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्ने तथा सबल, समतामूलक, समावेशी, अन्तर्राष्ट्रिय रुपमा विस्तारित उच्च शिक्षा, विज्ञान र प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि आपसी सहकार्य गर्ने अवसर विश्वविद्यालय, कलेजका साथै उच्च शिक्षा र अनुुसन्धानसम्बन्धी निकायलाई प्रदान गरेको छ । साथै, यसले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी रणनीति र दिगो विकास लक्ष्यको कार्यान्वयनमा समेत सहयोग गरेको छ ।
कार्यक्रम शुरु भएयता ब्रिटिश काउन्सिलले बेलायतका उच्च शिक्षासम्बन्धी १ सय ५५ वटा संस्थाहरुबीच ९ सय ३२ वटा साझेदारीका लागि आर्थिक सहयोग प्रदान गरेको छ भने ६१ वटा देशमा अनुसन्धान, अन्तरदेशीय शिक्षा, क्षमता विकास र समावेशीकरणमा निर्माण र समावेशीकरणमा केन्द्रित झन्डै एक हजार साझेदारसँग सहकार्य गरेको छ ।
गोइङ ग्लोबल पार्टनरसीप अवार्ड (Going Global Partnerships Awards) बारे
ब्रिटिस काउन्सिलको गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रमको पाँचौं वर्षगाँठ मनाउने क्रममा गोइङ ग्लोवल पार्टनरसीप अवार्डबाट संस्थाको सहयोगमा सञ्चालित प्रभावकारी, विशिष्ट र प्रेरणादायी परियोजनालाई सम्मान गरिएको छ ।
यस अवार्डका लागि १३ मे देखि ८ जूनसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । जसमा गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रममार्फत आर्थिक सहयोग प्राप्त गरेका संस्थागत साझेदारीले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । कूल १ सय ५ वटा आवेदन परेको थियो र वृहत्त मूूल्यांकन प्रक्रिया पुरा गरी उत्कृष्ट पाँच परियोजना छनोट गरिएको हो ।




























