Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यस सम्बन्धी निष्काशन तथा बिक्री कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

कम्पनीको अधिकृत तथा जारी पूँजी रु. ८० करोड रहेको छ। यसमध्ये जारी पूँजीको २२ प्रतिशत, अर्थात् रु. १७ करोड ६० लाख बराबरको शेयर (प्रति कित्ता रु. १०० अंकित मूल्यमा) निष्काशन गर्न लागिएको हो।
यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि तोकिएको अनुपातमा वितरण गरिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको सम्झौता पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक श्री प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्। सम्झौता मिति २०८२ कार्तिक २६ गते सम्पन्न भएको हो।

यो आयोजना भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ) खोलामा निर्माणाधीन छ। ४.३ मेगावाट क्षमताको फेदी (थुमलुङ) जलविद्युत आयोजनाको कुल लागत करिब रु. ९४ करोड रहनेछ।
हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र २०८२ माघभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

प्रबन्ध सञ्चालक दुलालका अनुसार, नियामक निकायका सम्पूर्ण प्रक्रिया पूरा गरी आईपीओ निष्काशनको प्रक्रिया शीघ्र अघि बढाउने योजना सहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमै नेप्से...

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३१

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका...

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात वृद्धि दर अझै उच्च

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:१९

  काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा...

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति नयाँ उचाइमा

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १२:५८

  काठमाडौं । नेपालका लागि केन्या गणराज्यका मानार्थ कन्सुल चन्द्र...

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश : प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंक गर्भनरबाट विशेष शुभकामना

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश :...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०८:०१

काठमाडौं। नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड ८९औँ वर्ष...

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...