CG Electronics
IME Life
NIMB

आर्थिक र मौद्रिक नीतिबीचको तालमेलमार्फत अर्थतन्त्र सुधार हुनेछ : अर्थमन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कर तिर्ने प्रणालीलाई सुधार गर्न सहजिकरण गर्ने प्रयास बताएका छन् । उनले आर्थिक र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकास दिन आफुु प्रयासरत रहेको समेत बताए ।

शनिबार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आयोजित अर्थतन्त्रका समसामायिक विषयमा छलफल तथा संवाद कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारको बाटोमा रहेको औंल्याए ।

उनले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताउँदै लगानीमैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको सुनाए ।

खनालले जेनजी आन्दोलनका क्रममा करिव ५५ जिल्लामा क्षति भएको बताए । त्यस क्रममा हुँदा कुल ७८ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको बताए । उनले नेपाल सरकारको प्रतिवेदन अनुसार १ हजार ९ सय ५७ इकाईहरुमा क्षति हुँदा निजी क्षेत्रमा ३६ अर्ब बराबरको क्षति भएको बताएका हुन् ।

उनले भने, ‘जेनजी आन्दोलनको क्रममा भएको क्षतिको सुरुमा मूल्याङकन धेरै गरेका थियौं । तर सरकारले गरेको प्रतिवेदन तयार हुने क्रममा छ । धेरै ठूलो क्षति भएको छ । करिब ५५ जिल्लामा क्षति भएको तथ्याङकमा देखिन्छ । विभिन्न इकाईहरु मध्ये १ हजार ९ सय ५७ इकाईहरु क्षति भएको रहेछ । जसमध्येमा ४ सय १९ नीजि क्षेत्रको बाँकी रहेको १५ सय संघीय, प्रादेशीक सरकार र स्थानिय तहको क्षति भएको छ ।

५ सय १४ वटा स्थानीय तहमा क्षति भएको छ । क्षतिको मूल्याङकनमा निजी क्षेत्रको ३६ अर्ब बराबर छ भने सबै मूल्याङकन ७८ अर्ब भएको देखिन्छ ।’
अर्थमन्त्री खनालले क्षतिपछिको पुननिर्माणका लागि विभिन्न टुक्रे आयोजनाहरु, भ्यालु कर नभएका आयोजनाहरु कट्टा गरिएको पनि बताए ।
‘सुरुमा दुईसय अर्ब बराबरको क्षति भयो, कसरी गर्ने भन्ने थियो । तर क्षतिको आकार अलिकति घट्यो । त्यसमा टुक्रे आयोजनाहरु कट्टि गरियो । भ्यालु कर नभएका आयोजनाहरु कट्टा गरियो । त्यही कट्टी गरेको आयोजनाहरुबाट पुनःनिर्माणको कामहरु प्रारम्भ गर्न छौ । निजी क्षेत्रमा भएका क्षतिहरुमा करिब २३ अर्ब बीमा कम्पनीहरुमा दाबी गरिएको छ । ५० प्रतिशत अग्रिम भुक्तानी गर्ने योजना नै बनाएका थियौ,’ उनले भने ।

मन्त्री खनालले पुनःनिर्माणका लागि बीमा कम्पनीहरुले कति क्षतिपुर्तिको दाबी भुक्तानी गरे भन्ने बारेमा अनुगमन समेत गरिरहेको पनि बताए ।
यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले महालेखा परीक्षकको कार्यालयबाट हुने अडिटहरु सरकारी निकायहरुको मात्र हुनुपर्नेमा निजी क्षेत्र पनि त्यसबाट प्रताडित रहेको बताए ।

साथै, उनले आन्तरीक राजस्व निर्माण अन्र्तगतका करदाता सेवा कार्यालयहरु खारेज भएको विषय स्वागतयोग्य भएको भन्दै अब सबै कामहरु अनलाइनबाट सञ्चालन गरिनुपर्ने समेत बताए । अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, कर सम्वन्धी व्यवस्था, पुँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए ।
भारतमा जीएसटीका दरहरुमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दरहरुलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए भन्सार दरलाई अधिकतम २५ प्रतिशत कायम गरिनुपर्ने चेम्बरको माग रहेको छ ।

यस्तै अध्यक्ष अग्रवालले भारतमा जीएसटीका दरहरुमा भएको व्यापक कटौतीले नेपालमा मूल्य अभिवृद्धिको दरलाई २ दर वा वहुदरमा कायम गर्न अनुरोध गरे ।

अर्थतन्त्रको ३ खम्बा मध्ये एउटा सहकारी क्षेत्र संकटग्रस्त हुदा साना उद्यमी व्यवसायीहरु र सर्वसाधरण आफ्नो बचत रकम झिक्न नपाएर समस्याग्रस्त बनेकाले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना प्रक्रीया अविलम्व अगाडी बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
सोही कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाझो जमिनको सदुपयोग गरेर कृषिमा आत्मनिर्भर बन्नुुपर्ने बताए । उने रेमिट्यान्सलाई सदुुपयोग गर्ने नीति ल्याएर अर्थतन्त्र सवल बनाउनुुपर्नेमा जोड दिए ।

पूर्वउपाध्यक्ष राजेशकाजी श्रेष्ठले कर राजश्वका नाममा व्यवसायीले अनावश्यक दुख पाईरहेको र पलायन हुने अवस्था आउन लागेको बताए । डोईङ विजनेस कष्ट र लजिस्टिक कस्ट उच्च हुँदा समस्या भईरहेको उनको भनाई छ ।

यस्तै पूर्वउपाध्यक्ष सुरेश बस्नेतले अर्थतन्त्रलाई चलायमान बनाउन रेमिट्यान्सको उचित सदुुपयोग गर्नुुपर्नेमा जोड दिए । चेम्बरका बरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा क्षेत्र चलायमान हुुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए । उनले बैंक तथा वित्तीय संस्थाले लिने बेस रेटमा कम्तिमा शुन्य दशमलव ५ प्रतिशत मात्रै प्रिमियम हुनुपर्ने बताए ।

 

 

 

 

 

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...