CG Electronics
IME Life
NIMB

नेपालको पहिलो बैंक ८९औँ वर्षमा प्रवेश, गुणस्तरीय प्रविधिमैत्री बैंकिङ सेवाको प्रतिवद्धता

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आज आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। बैंकले अविराम ८८ वर्षसम्म बैंकिङ सेवा प्रदान गरेको अवसरमा ग्राहक, शेयरधनी तथा सबै सरोकारवालालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

यस अवसरमा बैंकका अध्यक्ष प्रा. डिल्लीराज शर्माले नेपाल बैंकलाई नेपालको बैंकिङ सम्पदा तथा नेपाली जनताको विश्वासको धरोहरका रूपमा परिचित गराउँदै बैंकले आफ्नो गौरवमय इतिहास निरन्तर कायम राख्न सफल भएको बताए। उनका अनुसार बैंकले विभिन्न चुनौतीपूर्ण परिस्थितिहरू पार गर्दै देशभर सबल, सक्षम र प्रभावकारी सेवा प्रवाह गर्न निरन्तर सक्षम रहँदै आएको छ।

 

अध्यक्ष शर्माले देशभर बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन, पुँजी निर्माण, तथा औद्योगिक–व्यापारिक विकासमा बैंकले महत्वपूर्ण र ऐतिहासिक योगदान प्रदान गरेको उल्लेख गरे। सरकारले निजी क्षेत्रसँगको संयुक्त लगानीमा स्थापना गरेको बैंकमा आज पनि सरकारी–निजी साझेदारी यथावत् रहेको उनको भनाइ छ।

उनले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायले बैंकको नीति तथा निर्णय प्रक्रियामा गरेको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे।

आगामी दिनमा नवीनतम प्रविधिमा आधारित प्रतिस्पर्धी बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै शर्माले बैंकसँग आबद्ध ग्राहक, शेयरधनी, कर्मचारी, ट्रेड युनियन तथा सबै सरोकारवालाप्रति धन्यवाद समेत ज्ञापन गरेका छन्।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...